एनआरएनएले बोलायो आकस्मिक बैठक

एनआरएनएले बोलायो आकस्मिक बैठक

केन्द्रबिन्दु
0
Shares

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आकस्मिक बैठक बस्ने भएको छ। 

गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माका अनुसार संघको बैठक शुक्रबार नेपाली समय राति ९ बजे बस्न लागेको हो। 

शर्माका अनुसार संघको ८३ औं बैठकमा शनिवार देखि शुरु हुने १० औं महाधिवेशन तथा विश्व सम्मेलनको तयारीको बारेमा छलफल हुनेछ । बैठकमा संघका पूर्वअध्यक्ष शेष घलेद्वारा आयोजित एक भेलामा संलग्नमाथि कारवाही सम्बन्धमा समेत छलफल हुनेछ । 

अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बस्ने बैठकमा पाटन उच्च अदालतको अन्तरिम आदेश र निर्वाचन सम्बन्धी मुद्दाहरूको एजेण्डा प्रस्तुत हुनेछ ।   

Logo