लकडाउन यता कतारबाट ६,३०६ नेपाली स्वदेश फर्किए, ४८ वटा शव पनि ल्याइयो

लकडाउन यता कतारबाट ६,३०६ नेपाली स्वदेश फर्किए, ४८ वटा शव पनि ल्याइयो

केन्द्रबिन्दु
0
Shares

दोहा कतार ।

कतारबाट हिजो र आज बिहान गरी दुई वटा जहाजले नेपालका लागि उडान भरेका छन् । कतारको हमाद विमानस्थलबाट हिमालयन एयरलाइन्ससँगै कतार एयरवेजले पनि उडान भरेको हो । रोजगारीको प्रमुख गन्तव्य कतारमा कानुन उल्लंघनको कसुरमा जेल जीवन बिताईरहेका तथा फिर्ती केन्द्रमा रहेकाहरू मध्ये १०६ जनालाई डिपोर्ट गरिएको नेपाली नियोगका द्वित्तिय सचिव प्रवीण भट्टराईले जानकारी दिएका छन् ।

फरक फरक कम्पनीका १४० जना कामदारसहित २४६ जनालाई लिएर कतार एयरलाइन्सले व्यवसायिक उडान गरेको हो । उक्त उडानमा विभिन्न समयमा मृत्यु भएका २ जना नेपालीको शव पनि नेपाल पठाइएको जानकारी नियोगका द्वित्तिय सचिव भुवन प्रसाद भट्टले जानकारी गराए । त्यस्तै आज बिहान हिमालयन एयरलाईन्सले विभिन्न कम्पनीका कामदारहरू सहित नेपालको एक ट्राभल एजेन्सीले गरेको चार्टर उडान मार्फत १५६ जना कामदार लिएर कतारबाट उडान भरेको छ ।

कतारबाट हालसम्म नेपाल तथा हिमालयनले ३४ औँ पटक तथा कतार एयरवेजले पाँचौं पटक उद्धार उडान गरी सकेका छन् भने कतारले आज व्यवसायिक उडान भरेको हो । आजसहित कुल ६ हजार ३०६ जनासहित ४८ वटा शव नेपाल पुगिसकेका छन् ।

Skip This
Skip This
Logo