आज कतारबाट १४२ नेपाली स्वदेश फर्किए, सेप्टेम्बरमा कतारबाट २५ वटा उडान हुने

आज कतारबाट १४२ नेपाली स्वदेश फर्किए, सेप्टेम्बरमा कतारबाट २५ वटा उडान हुने

केन्द्रबिन्दु
0
Shares

दोहा कतार ।

कतारबाट आज बिहान हिमालयन एयरलाईन्सले ३३ औं सहजिकरण उडान गरेको छ । उक्त उडानमा ७ जना महिला सहित १४२ यात्रुहरू सवार छन् । उक्त उडानमा कोरोनाका कारण जागिर गुमाएका, बर्षौं काम गरेर पनि कम्पनीले टिकट र बोनस समेत नदिएका पीडित कामदारहरू रहेका छन् भने केही भिजिट भिसामा आएर यतै अड्किएर रहेका छन् ।

४ लाख भन्दा बढी नेपाली कार्यरत कतारमा कोरोनाका कारण जागिर गुमाउनेको सङ्ख्या दैनिक बढ्दो क्रममा रहेको छ । नेपाली नियोगले जारी गरेको स्वदेश फिर्ती फाराम भर्नेहरूको सङ्ख्या दैनिक बढिरहेको छ । नेपाल सरकारले अन्तर्राष्ट्रिय उडानमा केही सहजता प्रदान गरेसँगै दोहाबाट नेपालतर्फ सेप्टेम्बर महिनामा २५ वटा उडान हुने भएका छन् । नेपाल तथा हिमालय एयरलाईन्सले १५ वटा चार्टर तथा कतारको राष्ट्रिय ध्वजा बाहक कतार एयरवेजले १० वटा ब्यबसायिक उडान गर्ने तालिका तय भएको नेपाली राजदूतावास कतारका द्वित्तिय सचिव प्रवीण भट्टराईले जानकारी दिएका छन् ।

कतार एयरवेजको उडान तय भएसँगै छुट्टीमा नेपाल गएर लकडाउनमा फसेकाहरू कतार फर्कन पाउने सम्भावना बढेर गएको छ । प्राप्त जानकारी अनुसार आगामी हप्ताबाट कतारमा नेपालीहरूले प्रवेश गर्ने सम्भावना रहेको बताइएको छ । काठमाडौं लगायत देशका विभिन्न भागमा जारी लकडाउनमा सहजता आउने बित्तिकै नेपाली कामदारहरू कतार प्रवेश गर्ने विश्वास लिइएको छ ।

कतारबाट हालसम्म नेपाल तथा हिमालयनले ३३ औँ पटक तथा कतार एयरवेजले पाँच पटक उद्धार उडान गरी सकेका छन् । आजसहित कुल ५ हजार ९०४ जनासहित ४६ वटा शव नेपाल पुगिसकेका छन् ।

Logo