खार्किभमा प्रतिबन्धित हतियार प्रयोग

खार्किभमा प्रतिबन्धित हतियार प्रयोग

केन्द्रबिन्दु
0
Shares

किभ–रुसले उत्तर–पूर्वी युक्रेनी सहर खार्किभमा अन्धाधुन्ध गोलाबारी गर्नुका साथै व्यापक रूपमा प्रतिबन्धित हतियार प्रयोग गरेर सयौं सर्वसाधारणको हत्या गरेको खुलासा भएको छ ।    
रुसी फौजले बारम्बार क्लस्टर बम र अन्य ससाना हतियारहरू प्रयोग गरेको प्रमाण भेटिएको एम्नेस्टीले जनाएको हो । फेला परेका बमको असर विवादास्पद हतियारहरूसँग मिल्दोजुल्दो रहेको बीबीसीले जनाएको छ ।  क्लस्टर हतियारहरू विवादास्पद छन् किनकी तिनीहरू हावामा विस्फोट हुन्छन र साना बमहरूको समूह छोड्छन्, जुन अन्धाधुन्ध फराकिलो क्षेत्रमा खस्छ । यसले सम्भावित रूपमा नागरिकहरूलाई जोखिममा राख्छ । साना बमहरू वर्षैसम्म जोखिममा रहने बताइन्छ । 

Skip This
Skip This
Logo