शहर बाहिर जाने पुल ध्वस्त भएसँगै सेभेरोदोनेत्स्कमा हजारौं सर्वसाधारण फसेः राष्ट्रसंघ

शहर बाहिर जाने पुल ध्वस्त भएसँगै सेभेरोदोनेत्स्कमा हजारौं सर्वसाधारण फसेः राष्ट्रसंघ

केन्द्रबिन्दु
0
Shares

रुस युक्रेन युद्धका कारण युक्रेनी सहर सेभेरोदोनेत्स्कमा हजारौं नागरिक अत्यावश्यक आपूर्तिको अभावमा फसेका संयुक्त राष्ट्रसंघले जनाएको छ । 
तिनीहरूमध्ये धेरैले शहरको एजोट रासायनिक प्लान्ट मुनि बंकरहरूमा आश्रय लिइरहेका छन् । 
शहर बाहिर जाने अन्तिम पुल यस हप्ताको सुरुमा लडाइँमा ध्वस्त भएको थियो । जसका कारण सहरका १२ हजार बासिन्दा त्यहाँ फसिरहेका छन् । रुसी सेनाले शहरको अधिकांश भाग नियन्त्रण गरेको छ । 
‘पानी र सरसफाइको अभाव ठूलो चिन्ता हो । यो हाम्रो लागि ठूलो चिन्ताको विषय हो किनभने मानिसहरू पानीबिना लामो समयसम्म बाँच्न सक्दैनन, राष्ट्र संघको मानवीय मामिला कार्यालयका प्रवक्ता सभियानो एब्रेउले भने । 
संयुक्त राष्ट्रले सहरमा फसेकाहरूलाई सहायता प्रदान गर्ने बताईरहेको छ । यद्यपी निरन्तर लडाइँका कारण आफ्ना निकायहरु  त्यहाँका नागरिकहरूमा सुरक्षित रूपमा पहुँच राख्न नसकेको राष्ट्रसंघले जनाएको छ ।
 

Logo