संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गैरआवासीय नेपाली (एनआरएन) अभियानकर्मी रामकुमार सुवेदीलाई टेक्सस, अमेरिकाका लागि अवैतनिक पर्यटन दूतमा नियुक्त गरेको छ ।
नेपाल सरकारको पर्यटन मन्त्रीस्तरीय यही जेठ १ गते (१५ जुन २०२२) को बैठकले उनलाई दुई वर्षका लागि पर्यटन दूतमा नियुक्त गरेको हो । मन्त्रालयले सुवेदीलाई दिएको नियुक्तिपत्रमा नेपाली दूतावास, गैर आवासीय नेपाली सङ्घ, पर्यटन व्यवसायी, सञ्चारकर्मीसहित सरोकारवाला निकायसँगको सहकार्यमा नेपालको पर्यटन प्रवद्र्धनका लागि योगदान पु¥याउने विश्वास गरिएको छ ।
झापा जिल्लाको अर्जुनधारा नगरपालिकामा जन्मेका सुवेदी दुई दशकअघि स्थायी अनुमतिपत्र सहित सपरिवार अमेरिका पुगरेका थिए। उनि गैरआवासीय नेपाली सङ्घ अमेरिकाज क्षेत्रीय उपसंयोजक हुन् भने विगतमा गैरआवासीय नेपाली सङ्घ अमेरिकाको उपाध्यक्षलगायत विभिन्न पदमा रहेर काम गरिसकेका छन् । कविता, गीत, गजल र मुक्तक लेख्ने सुवेदी नेपाली साहित्यमा राम अविरामको नाममा सुपरिचित छन्।
प्रतिक्रिया