सुनचाँदीको भाउ घट्यो

सुनचाँदीको भाउ घट्यो


साताको पाँचौ दिन बिहीबार सुनचाँदीको भाउ घटेको छ । सुन बिहीबार तोलामा २ सय रुपैयाँ घटेर ७१ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार स्थिर रहँदै सुन तोलाको ७२ हजार रुपैयाँ थियो । यस्तै, चाँदी बिहीबार तोलामा ५ रुपैयाँ घटेर तोलाको ८ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ ।

Logo