होन्डा मोटरसाइकल एन्ड स्कुटर इन्डिया होन्डा सीबी३०० एफ ३ रङ र २ भेरियन्ट डिलक्स र डिलक्स प्रोसहित २ लाख २५ हजार भारु मूल्यमा लन्च गरेको छ ।
यो बाइकमा २९३ सीसीको आयल–कुल्ड फोर भल्व एसओएचसी इन्जिन समावेश गरिएको छ । होन्डा सीबी३०० मा १० नयाँ प्याटेन्ट एप्लिकेशन्सको साथमा आधुनिक इनोभेसन, डिजाइन र टेक्नोलोजीले फरक लुकमा निमार्ण गरिएको छ ।
नयाँ होन्डा सीबी३०० मा राइडिङलाई नियन्त्रणमा राख्न ड्युअल च्यानल एबीएसको साथै सेफ्टी फिचर छ । बाइकको फ्रन्टमा २७६ एमएम र रियरमा २२० एमएमको ब्रेकिङ पावर रहेको छ भने, असिस्ट र स्लिपर क्लचले सवारीलाई आरामदायी बनाएको छ ।
६ स्पिड ट्रान्समिसन र एलईडी हेडल्याम्पको विकल्प रहेको सीबी३००एफ १५० एमएम चौडा रियर टायर र ५ स्टेप एड्जस्टेबल रियर मोनोशक सस्पेन्सनको साथ उपलब्ध छ । जसले सडकमा उत्कृष्ट पकड बनाउँछ ।
सीबी३००एफ को मस्कुलिन र टोन्ड ट्यांकले अन्तर्राष्ट्रिय स्ट्रिट फाइटर बाइकिङको अनुभव दिन्छ । अगाडि झुकेको स्ट्यान्सले सवारीलाई अझ आक्रमक बनाउँने लुक रहेको यसमा स्प्लिट सिट, कम्प्याक्ट मफलर र स्टाइलिस भी आकारको अलोय ह्विलले स्पोर्टी लुक दिएको छ ।
भारतको अहमदाबादबाट करिब ८० किलोमिटरको दूरीमा अवस्थित २५० एकड क्षेत्रफलमा फैलिएको होन्डाको प्लान्टमा एक्टिभा, डियो, ग्राजिया र हालै लन्च गरिएको सीबी३०० एफको उत्पादन गर्नेगर्छ ।





























प्रतिक्रिया