‘रेल सञ्चालनमा अर्थ मन्त्रालयले सहयोग गरेन, पूर्वाग्रही बन्यो’ -निरञ्जनकुमार झा

‘रेल सञ्चालनमा अर्थ मन्त्रालयले सहयोग गरेन, पूर्वाग्रही बन्यो’ -निरञ्जनकुमार झा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जनकुमार झाले रेल सञ्चालनको लागि अर्थ मन्त्रालयले असहयोग गरेको गुनासो गरेका छन् । 

महाप्रवन्धक झाले मन्त्रिपरिषद्ले भारतीय केआरसिएल कम्पनीसँगको सम्झौतामा लाग्ने रकम अर्थ मन्त्रालयले दिने निर्णय गरेपनि मन्त्रालयले सम्झौता बमोजिमको रकम नदिएको गुनासो गरेका हुन् । बिहीवार केन्द्रबिन्दुसँग कुरा गर्दै २०७७ साल फागुन ४ गते मन्त्रिपरिषद्ले गरेको निर्णयमा रकम दिनलाई मन्त्रालयले बेवास्ता गरेको बताए । महाप्रवन्धक झाले कम्पनीमा महाप्रवन्धक भएको एक वर्ष पुग्न लाग्दासमेत रेल सञ्चालनका लागि मन्त्रालयले रकम नदिएको बताए । 

उनले मन्त्रालयले पूर्व महाप्रवन्धकलाई पैसा दिने तर आफू आएपश्चात् पूर्वाग्रह राखेर रकम निकासा नगरेको आरोप लगाए । उनले अहिले रेल्वेमा यात्रुहरुको चाप अत्याधिक रहेको तर अर्को रेल खरिद गर्ने कम्पनीसँग पैसा नभएको बताए । उनले अब एक थान यात्रुवाहक र एक थान सामग्री बोक्ने रेल सञ्चालन गर्नसके रेल्वे कम्पनीलाई  नाफामा लगेर देखाउने दाबी गरे । महाप्रवन्धक झाले पैसा नभएपछि योजना बनाएर मात्रै रेल नचल्ने बताए । उनले रेल सञ्चालनका लागि अर्थ मन्त्रालयले बजेट नदिँदा कम्पनीका नियमित काममा असर परिरहेको बताए । उनले मन्त्रिपरिषद्ले निर्णय गर्ने तर अर्थ मन्त्रालयले पैसा नदिने गर्नु भनेको रेल्वे कम्पनीलाई असहयोग गर्नु रहेको बताए । 

उनले भने, ‘रेल्वे सञ्चालनको लागि अन्य समस्या भन्दा पनि बजेट व्यवस्थापन मुख्य कुरा हो । २०७७ साल फागुन ४ गते मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । भारतीय केआरसिएल कम्पनीसँग सम्झौता गर्न लाग्ने सम्पूर्ण रकम अर्थ मन्त्रालयले निकासा दिने भन्ने थियो । म महाप्रवन्धक भएर आएको एक वर्ष भएको छ । अर्थ मन्त्रालयबाट हामीले एक रुपैयाँ पनि पाएका छैनौं । अब यो पूर्वाग्रहपूर्ण कुरा हो वा अरु के हो बुझ्न गाह्रो छ । म आएदेखि अर्थ मन्त्रालय धाईरहेको छु । अर्थ मन्त्रालयले निकासा गर्नुपर्छ भनेर मन्त्रिपरिषद्ले निर्णय गरेको छ । म भन्दा पहिलाका प्रवन्धकले सम्झौता गर्नुभएको थियो । मैले गरेको होइन । उहाँले गरेको सम्झौतालाई निरन्तरता दिएँ । सम्झौता भएको र सरकारले निर्णय गरेको रकम म आएसँगै नआउनु त्यो भन्दा अगाडि आइरहेको कुराले संशय छाएको छ । हामीले सरकारसँग थप बजेट मागेका छैनौं । सम्झौता र मन्त्रीपरिषद्ले गरेको पैसा माग गरेका हौं । कुनैपनि कम्पनी वा व्यापार व्यवसाय गर्न बीउ,पुँजी चाहिन्छ र त्यो सरकारले दिनुपर्छ । सरकारले बीउ,पुँजी दिएपछि कम्पनी आफ्नो खुट्टामा आफैँ उभिने हो ।’ उनले भने, ‘कम्पनीसँग रेल खरिद गर्ने पैसा छैन। तर रेल सानो भयो । रेलमा यात्रुहरुको चाप बढी नै छ । एक थान रेल मात्रै चलाउन पाएका छौं । एक थान अर्को यात्रुवाहक,अन्य सामग्री बोक्ने रेल भयो भने सहज हुन्छ । विश्वमा के भएको छ लेखाजोखा राख्दिन तर नेपाल रेल्वे कम्पनीले सञ्चालन गरेको रेल नाफामा लगेर देखाइदिन्छु । तर पैसा नभएपछि योजना बनाएर मात्रै चल्नेवाला छैन । योजना जति बनाएपनि पैसा आवश्यक छ । कम्पनीमा एक रुपैयाँ पनि छैन । मन्त्रालयले दिएको नै छैन । मन्त्रालयले पैसा नदिँदा समस्या आएको छ । फेरि पनि अर्थ मन्त्रालयमा फाइल पठाएका छौं । मन्त्रीपरिषद्ले निर्णय गर्ने अर्थ मन्त्रालयले पैसा नदिनु भनेको असहयोग भयो।’
 
त्यस्तै, महाप्रवन्धक झाले जनकपुर जयनगर रेल सञ्चालनमा आएसँगै जनकपुरमा आन्तरिक पर्यटकमा समेत वृद्धि भएको बताए । उनले भारतबाट सिधै रेलमार्फत जनकपुर आउने जनकपुरबाट हवाई उडानबाट पोखरा,काठमाडौं गर्न सकिने भएकाले भारतीय पर्यटकमा वृद्धि भएको बताए । झाले रेल्वे सञ्चालनले वहुआयामिक क्षेत्रमा प्रभाव पारेको बताए । 

झले भने, ‘जनकपुर जयनगर रेल सञ्चालनमा आएसँगै जनकपुरमा आन्तरिक पर्यटकमा समेत वृद्धि भएको छ । अहिले सिधै भारतबाट रेलमा जनकपुर आउने जनकपुरबाट सातामा तीन दिन पोखरा हवाई उडान भएको छ । त्यहाँबाट पोखरा जाने काठमाडौं आउने वातावरण बनेको छ । यात्राहरुले सहजता पाएको छ । सडकमा ट्राफिक जामको समस्या समाधान भएको छ । साढे ६ सय यात्रु भनेको कम्तिमा १० वटा सवारी आवश्यक पर्छ ।’ महाप्रवन्धक झाले भने, ‘रेलले वहुआयामिक क्षेत्रमा प्रभाव पारेको छ । यो कुरा बुझ्न र बुझाउन सक्नुपर्छ । अब आगामी शनिवार ११ गते भारत गोरख रेलमा भारतीय पर्यटक बोकेर जनकपुर आउँदैछ । यसले नेपालको पर्यटनमा देखिने गरी काम गरेको छ । अब यस्ता पर्यटक बोकेर आउने रेल महिनामा १० वटा आउनुपर्छ भनेर कम्पनीले पहल गरिरहेको छ । यसले पर्यटन क्षेत्रलाई ठूलो टेवा पु-याएको छ ।’ 
 
महाप्रवन्धक झाले आगामी शनिवार जनकपुरधाममा भारतीय गोरख नामक रेल भारतीय पर्यटक लिएर आउने बताए । उनले कम्पनीले यस्ता रेल महिनामा १० वटा ल्याउने गरी पहल गरिरहेको बताए ।  

Logo