भुसाल बानको लुम्बिनी प्रदेश सचिवमा निर्वाचित

भुसाल बानको लुम्बिनी प्रदेश सचिवमा निर्वाचित

केन्द्रबिन्दु
0
Shares

ब्रोडकाष्टिङ एशोशियसन नेपाल बानको लुम्विनी प्रदेश सचिवमा अर्घाखाँचीका सञ्चार उद्यमी हरिप्रसाद भुसाल निर्वाचित भएका छन् ।

काठमाडाैँमा सम्पन्न बनको १८ औं साधारणसभा तथा सातौ अधिवेशनले भुसाललाई सर्वसम्मत रुपमा बानको लुम्विनी प्रदेश सचिवमा निर्वाचित गरेको हो । भुसाल नयाँ एफ.एम. ८७ दशमलव ६ मेगाहर्जका स्टेशन म्यानेजर तथा संचालक हुन् ।

लामो पत्रकारिताको अनुभव रहेका भुसालले प्रदेशमा रहेका रेडियोहरुको संस्थागत विकासका लागि आफुहरु प्रतिवद्ध रहेको बताए । विभिन्न सामाजिक गतिविधीमा सक्रिय भुसाल स्वतन्त्र पत्रकार संघ अर्घाखाँचीको संस्थापक अध्यक्षसमेत हुन् ।

Skip This
Skip This
Logo