चितवनमा विकासनिर्माणका कार्यमा २१ प्रतिशत मात्र खर्च

चितवनमा विकासनिर्माणका कार्यमा २१ प्रतिशत मात्र खर्च

केन्द्रबिन्दु
0
Shares

चितवन ।

जिल्लामा विकास निर्माणका लागि संघीय सरकारबाट विनियोजित बजेट अपेक्षाकृत रुपमा खर्च हुन सकेको छैन । चालु आर्थिक वर्षको ६ महिनामा विकासका लागि आएको बजेटको २१ दशमलब ५२ प्रतिशत मात्र खर्च भएको हो ।

जिल्लाको विकासका लागि संघीय सरकारले पठाएको रु ५ अर्ब ४० करोड २२ लाख ७७ हजार मध्ये ६ महिनामा रु १ अर्ब १६ करोड २८ लाख ७१ हजार खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय भरतपुरका सूचना अधिकारी शरदचन्द्र शर्मा भट्टराईले जानकारी दिए ।

उनका अनुसार प्रदेश सरकारबाट विनियोजित बजेट मध्ये विकास निर्माणका लागि निकासा भएको रकमको २० दशमलब ५५ प्रतिशत मात्र खर्च भएको छ । प्रदेश सरकारले विकासका लागि बिनियोजन गरेको बजेट रु १ अर्ब ४८ करोड ८५ लाख १६ हजार मध्ये रु ३० करोड ५९ लाख २७ हजार मात्र खर्च भएको हो । कोरोना कहरका कारण विकास निर्माणमा केही ढिलाई भएको उनले बताए । अहिलेको समय बोलपत्र आव्हान गर्ने र सम्झौता गर्ने समय भएकाले पनि पूँजीगत खर्च अपेक्षाकृत हुन नसकेको बताइएको छ ।

कार्यालयका अनुसार जिल्लाबाट संघीय सरकारका लागि रु ७ अर्ब ८६ करोड ३७ लाख ९६ हजार राजस्व संकलन भएको छ । प्रदेश सरकारका लागि रु ४९ करोड ९३ लाख २६ हजार राजस्व संकलन भएको छ । रासस

Logo