नेपाली बजारमा भित्रिँदै भारतीय इलेक्ट्रिक स्कुटर ब्रान्ड ‘ओला’

नेपाली बजारमा भित्रिँदै भारतीय इलेक्ट्रिक स्कुटर ब्रान्ड ‘ओला’

केन्द्रबिन्दु
0
Shares

भारतको चर्चित इलेक्ट्रिक स्कुटर ब्रान्ड ‘ओला’ नेपाली बजारमा भित्रिने भएको छ ।  नेपालका लागि आधिकारिक वितरकको रुपमा सीजी मोटर्सले ओला स्कुटरलाई बजारमा भित्र्याउन लागेको हो । 

चीनको होजोन मोटर्सद्वारा उत्पादित नेटा भी इलेक्ट्रिक कार बिक्री–वितरण गरिरहेको सीजी मोटर्सले भारतमा चर्चित सो ब्रान्डलाई पनि नेपाल भित्र्याउने जिम्मेवारी पाएको हो । 

भृकुटीमण्डपमा आगामी असोज ६ गते देखि ९ गतेसम्म आयोजना हुने नाडा इभि एक्सपो २०२२ मा पनि ‘ओला’ ब्रान्डका केही मोडल प्रदर्शन हुने अनुमान गरिएको छ । ओलाका एस१ र एस१ प्रो गरी दुई मोडल छन् ।

Logo