सेयर बजारमा सामान्य सुधार, १ अर्ब ७ करोडको कारोबार

सेयर बजारमा सामान्य सुधार, १ अर्ब ७ करोडको कारोबार

केन्द्रबिन्दु
0
Shares

कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक (नेप्से) सामान्य अंकले बढेको छ ।  आइतबार ६ दशमलव ६८ अंकले बढेर १ हजार  ९७७ दशमलव ३० विन्दुमा पुगेको हो ।  

आइतबार २२७ वटा धितोपत्रको २८ लाख ७६ हजार कित्ता सेयर १ अर्ब ७ करोड १६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्चेञ्जले जनाएको छ । 

आइतबार १३ वटै समूहमध्ये ९ वटा समूहको परिसूचक बढेको छ भने बाँकी समूहको परिसूचक घटेको छ । 

त्यस्तै, आइतबार २ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने कारोबार रकमको आधारमा रिडी पावर कम्पनीको  सबैभन्दा बढी ८ करोड ९१ लाखभन्दा बढीको सेयर कारोबार भयो ।

Logo