चार्जिङ स्टेसनको जानकारी दिने ‘एनईए चार्ज’ मोबाइल एप सार्वजनिक

चार्जिङ स्टेसनको जानकारी दिने ‘एनईए चार्ज’ मोबाइल एप सार्वजनिक


नेपाल विद्युत् प्राधिकरणले विद्युतीय गाडी चार्ज गर्ने चार्जिङ स्टेसन पत्ता लगाउन सकिने ‘एनईए चार्ज’ मोबाइल एप सार्वजनिक गरेको छ।

हालै आफ्नो कार्यालयमा नै नयाँ चार्जिङ्ग स्टेशन राखेको प्राधिकरणले विभिन्न स्थानमा हुने विद्युतीय गाडीका चार्जिङ स्टेसनहरुको जानकारी थाहा पाउनेगरी प्राधिकरणले एप सञ्चालनमा ल्याएको हो । निसरहित चार्जिङ स्टेसनमा चार्जिङलाई सहज बनाउनका लागि यो एप ल्याइएको प्राधिकरणका कार्यकारी अध्यक्ष कुलमान घिसिङले जानकारी दिए ।

यो मोबाइल एपमा भुक्तानी सुविधादेखि लिएर कुन समयमा कुन ठाउँमा चार्जिङ स्टेसन खाली छ भन्ने लगायतका जानकारीहरू हेर्न सकिन्छ । एपमार्फत प्रयोगकर्ताले आफ्नो नजिकको चार्जिङ स्टेसन कहाँ छ भनेर म्यापसहित हेर्न र सोही म्यापको आधारमा चार्जिङ स्टेसनमा पुग्न पनि सक्नेछन् ।

एपबाटै क्यूआर कोड स्क्यानमार्फत भुक्तानी गरी चार्ज गर्न सकिनेछ भने एपमै आफ्नो बिल भुक्तानीको हिस्ट्री पनि हेर्न सकिनेछ । साथै सवारी कति प्रतिशत चार्ज भयो भनेर पनि हेर्न सकिने सुबिधा रहेको छ ।

Logo