होण्डाले ल्यायो दशैं अफर

होण्डाले ल्यायो दशैं अफर

केन्द्रबिन्दु
0
Shares

होण्डा टू व्हीलर्सकाे आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले “होण्डाको दशैंको शुभ लाभ” नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ । 

यस योजना अन्तर्गत ग्राहकहरूले स्क्र्याच कुपनमार्फत रु ७ लाख सम्मको क्यासब्याक र अन्य आकर्षक उपहारहरुका साथै ७ प्रदेशबाट एकएक जना गरी ७ जनाले ७ लाख र बम्परमा लक्की ड्र मार्फत जित्नसक्ने कम्पनीले जनाएको छ । 

त्यस्तै, यस याेजनामा १५ लाख नगद उपहार र त्यसको साथमा इजी फाइन्यान्सको पनि सुविधा रहेको छ । यो योजना भाद्र २० गतेदेखि सुरु भई सीमित अवधि सम्म मात्रै लागू हुनेछ । 

नेपालमा सर्वाधिक रुचाइएको होण्डाको मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने कम्पनीले विश्वास लिएको छ । 

Logo