उपाय सिटी कार्गो अब नयाँ रुपमा, नयाँ ब्राण्ड लोगो अनावरण

उपाय सिटी कार्गो अब नयाँ रुपमा, नयाँ ब्राण्ड लोगो अनावरण

केन्द्रबिन्दु
0
Shares

उपाय सिटी कार्गोले आफ्नो नयाँ ब्राण्ड लोगो हालै अनावरण गरेको छ । अब उपाय सिटी कार्गो, ‘उपाय’को नामले चिनिने कम्पनीले जनाएको छ । 
कार्गोले नेपालमा व्यापारिक र निजी प्रयोजनको लागि सस्तो, भरपर्दो र पारदर्शिताका साथ ढुवानी सेवा प्रदान गर्दै आएको छ ।

उपायले प्रविधिको सही प्रयोग गरेर समग्र दुवानी व्यवसायलाई व्यवसायिक र प्रतिस्पर्धी बनाउने प्रयास गरिरहेको उपायका प्रबन्ध निर्देशक सुमन रायमाझीले बताए ।

निलो र सुन्तला रंगमा डिजाईन गरिएको उपायको नयाँ लोगोले विश्वास र उर्जालाई प्रतिक गर्न खोजेको उनको भनाइ छ ।

“पुरानो लोगोको सारलाई राख्दै नयाँ लोगो पुन: डि जाईन गर्नु चुनौती  नै हुँदो रहेछ ।” नयाँ लोगोको बारेमा प्रष्ट्याउँदै रायमाझी भन्छन्, “हाम्रो नयाँ लोगो देशभर आफ्नो ग्राहकलाई प्रदान गर्ने सेवाको समग्र प्रतिनिधित्व हो । 

उपाय आफ्नो डलिेलिभरी, व्यापारिक, फ्रेन्चाइज तथा गठबन्धन साझेधारीहरुको सद्भाव तथा सहयोगमा उपायलाई ढुवानी क्षेत्रको एक ठुलो तथा विश्वासिलो ब्रान्ड बनाउने प्रण गर्दछ ।”

उपायले प्रबिधिको सही प्रयोग गरी समग्र ढुवानी व्यवसायलाई ब्यवसायिक र प्रतिस्पर्धी बनाउने प्रयास गरिहेको छ ।

Skip This
Skip This
Logo