दसैँका लागि असोज १ देखि अग्रिम टिकट बुकिङ खुल्ने

दसैँका लागि असोज १ देखि अग्रिम टिकट बुकिङ खुल्ने

केन्द्रबिन्दु
0
Shares

नेपालीहरुको महान् चाड दसैंलाई मध्यनजर गर्दै असोज १ गतेबाट अग्रिम टिकट बुकिङ खुल्ने भएको छ ।

बुधबार यातायात व्यवसायी राष्ट्रिय महासंघ, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र सडक विभागबीच असोज १ गते शनिबारदेखि बसको अनलाइन टिकट बुकिङ खुला गर्ने सहमति भएको हो ।

अनधिकृत काउन्टर र परिचय पत्र नभएका व्यक्तिहरुबाट टिकट बिक्री गर्ने कार्यलाई पूर्णतयाः निरुत्साहित गर्ने तथा उपत्यकाबाट बाहिरिने र उपत्यकामा भित्रिने यात्रुवाहक सवारी साधनको विभाग, ट्राफिक प्रहरी, उपभोक्ता मञ्च, व्यवसायी र मजदूरहरुसँग सहकार्य गरी प्रभावकारी अनुगमन गर्ने छलफल पनि भएको छ ।

दसैँमा सबै सडकमा सवारी चाप बढी हुन्छ । बर्खापछि यात्रुलाई सजिलो होस् भनेर मुख्य सडकलाई खाल्डाखुल्डीरहीत बनाउने तयारी गरिएको पनि बताइएको छ । साथै १५ असोजदेखि २२ गतेसम्म नारायणगढदेखि काठमाडौँ सडकखण्डमा खाद्यान्न लगायतका अत्यावश्यक वस्तुहरुको ढुवानी गर्ने बाहेकका ठूला सवारी साधनहरु सञ्चालन गर्न रोक लगाउने निर्णय भएको छ । 

Logo