राउण्ड टेवल नेपालको अध्यक्षमा राहुल अग्रवाल चयन भएका छन् । चितवनको नारायणघाटस्थित सिराइचुली होटलमा सम्पन्न २२ औं साधारणसभाबाट अग्रवालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो।
सभाबाट उपाध्यक्ष नितेजकुमार अग्रवाल, महासचिवमा दिवस सुवेदी, कोषाध्यक्षमा साकेत मुरारका र राष्ट्रिय सम्पादकमा निखिल बंशल चयन भएका छन् ।
निवर्तमान अध्यक्ष तथा अन्तर्राष्ट्रिय जनसम्पर्क अधिकृत आनन्द बाहेतीले आफ्नो कार्यकालमा गरेका कामको बारेमा सभामा अवगत गराएका थिए । सो कार्यक्रममा जर्मनी, फ्रान्स, भारत, बंगलादेशलगायतका मुलुकबाट अतिथिहरु आएका थिए ।
देशभरबाट ४ सयभन्दा बढी सदस्यहरुको सहभागिता रहेको थियो ।





























प्रतिक्रिया