एलिकाको उत्पादनहरू खरिदमा नेपालको एक मात्र आधिकारिक वितरक, सिजी इलेकट्रोनिक्सले दशैँ तिहार अफर ल्याएको छ ।
संस्थाले यसपालिको दशैँ , तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको हो । योजना अन्तरगत एलिकाको ब्रान्ड घरेलु उपकरण र भान्साको विश्वको अग्रणी निर्माता हो । नेपालमा भान्सा उपकरणहरूका बजारमा ग्राहकले रुचाएको एलिकाका ब्रान्डले नेपालको सबैभन्दा ठुलो उत्सव दशैँ र तिहारलाई लक्षित गर्दै “ दशैँ तिहार मनाऔं, खुशीमा रमाऔं” भन्ने नारासहित जारी गरेको यस अफर अन्तर्गत एलिकाका कुनै पनि सामानको (चिम्नी, कुक टप , हब, कुकिङ्ग रेञ्ज, बिल्ट–इन ओभन, बिल्ट–इन मिक्रो वेभ ओभन) खरिदमा सी. जी. ब्रान्ड को इलेक्ट्रिक केट्टल उपहार स्वरूप प्रदान गरिएको छ ।
यो ग्राहक योजना भाद्र १३, २०७९ देखि नेपालभरि सीमित अवधिको लागि लागू गरिएको छ । एलिकाले आफ्ना ग्राहकहरूलाई चाडपर्वको अवसरमा अफर दिएको यो पहिलो पटक हो । एलिका १९७० मा स्थापित एक इटालियन कम्पनी हो । जसले किचन हुड, इन्डक्शन हब, र बोइलर डिजाइन र निर्माण गर्दछ । आज कम्पनीको विश्वभर इटाली, पोल्याण्ड, मेक्सिको, भारत र चीनमा सातवटा प्लान्टहरू छन् ।
३,८०० कर्मचारीहरूले हरेक वर्ष २०.७ मिलियन हुडदेखि मोटरसम्म उत्पादन गर्दछन् । एलिकाको खाना पकाउने व्यवसाय इकाईले घरेलु प्रयोगको लागि किचन हुडहरू डिजाइन, निर्माण र बिक्री गर्दछ । एसियाली बजारका लागि कम्पनीले हब, ओभन र स्टेरिलाइजर पनि उत्पादन गर्दछ ।





























प्रतिक्रिया