काठमाडौं ।
एनएमबि बैंकमा कञ्चन डेभलपमेन्टलाई गाभेर भोलि(आइतबार) देखि एकीकृत कारोबार हुने भएको छ । एकिकृत कारोबारका लागि दुबै वित्तीय संस्थाले नेपाल राष्ट्र बैंक र कम्पनी रजिस्टारको कार्यालयसँग स्वीकृति लिइसकेका छन् ।
एनएमबीले कञ्चन डेभलपमेन्टलाई प्राप्ती गरेपछि एनएमबि बैंकको नामबाट कारोबार हुनेछ । दुवै बैंकको असार २१ गते भर्चुअल माध्यमबाट सम्पन्न विशेष साधारण सभाले प्राप्ती सम्बन्धी प्रस्ताव पारित गरेका थिए । कञ्चनको १०० सय कित्ता शेयर हुनेले एनएमबिको नाममा ८५ कित्ता शेयर प्राप्त गर्न सक्नेछन् ।
प्राप्तीपछि एनएमबिको चुँक्ता पूँजी १४ अर्ब ४५ करोड भन्दा बढी हुनेछ । एनएमबिले केही समय अघि ओम डेभलपमेन्ट बैंकलाई पनि गाभेको थियो ।































प्रतिक्रिया