नेपालका लागि मोटरहेड तथा टारो ब्रान्डको आधिकारिक वितरक एसजी ग्रुप अन्तर्गतको एसएलआर टेक्नो एन्ड ट्रेड तथा ओम मोटोकर्पले दुई ब्रान्डमा लागू हुने गरी एक्सचेन्ज क्याम्प सोमबार (आज) देखि सुरु गरेको छ ।
क्याम्प भाद्र ३१ गतेसम्म सञ्चालन हुनेछ । जसमा जस्तोसुकै अवस्थाको बाइकहरुमा कम्तिमा २५ हजारको मुल्याङकन हुनेछ । त्यसैगरी जुनसुकै ब्रान्डको बाइकसँग एक्सचेञ्जमा बजार मुल्याङकन भन्दा २० हजार रुपैयाँ प्राप्त हुनेछ ।
यसका साथै वम्पर अफरमा २ जना भाग्यशाली विजेतालाई कम्पनीबाट फुल इन्स्योरेन्स छुट हुनेछ । यो अफर काठमाडौं उपत्यका भित्र धोविघाट, बालाजु, सल्लाघारी, चाबहिल, नक्साल र टेकु गरी ६ वटा शोरुममा लागू हुनेछ ।































प्रतिक्रिया