एससिटीको दमदार दसैँ धमाका : थ्रीडी अफर र तेत्तिस प्रतिशतसम्म छुटको व्यवस्था

एससिटीको दमदार दसैँ धमाका : थ्रीडी अफर र तेत्तिस प्रतिशतसम्म छुटको व्यवस्था

केन्द्रबिन्दु
0
Shares

नेपालीहरुको महान पर्व बिजयादशमीलाई लक्षित गरि स्मार्टचोइस टेक्नोलोजिज लिमिटेड (एससिटी) ले दमदार दसैँ धमाका थ्रीडी  अफर सार्वजनिक गरेको छ ।

अफर अन्तर्गत एससिटी–यूपीआई डेबिट कार्ड प्रयोगकर्ताले कुनैपनि खरिदमा पोस मार्फत विद्युतीय कारोबार गर्दा ३३.३३% सम्म क्यासब्याक पाउनेछन् । हालसम्म पनि एससिटी यूपीआई डेबिट कार्ड नलिएका ग्राहकहरुले कार्ड जारी गर्ने कुनैपनि बैंक तथा वित्तीय संस्थामा गई प्राप्त गर्न सक्नेछन् ।

साथै एससिटी–यूपीआई डेबिट कार्ड मार्फत एटीएममा क्यास कारोबार गर्दै आएका ग्राहकहरुले पनि यो अफर मार्फत रू. १,२०० सम्म क्यास ब्याक पाउन सक्नेन् । मात्र रू. १,५०० बराबर को पोस  कारोबारमा रू. ५०० र रू. ३,००० को कारोबार मा रू. १,००० क्यास्ब्याक प्राप्त गर्न सकिने यो अफर मार्फत सबै एससिटी–यूपीआई डेबिट कार्ड प्रयोगकर्ताहरुले ३३.३३५ सम्मको क्यास ब्याक प्राप्त गर्नेछन् । यो अफर असोज महिना भरि लागु हुनेछ ।
 

Logo