सुनको मूल्य १०० रुपैयाँले घट्यो, ताेलाकाे कित ?

सुनको मूल्य १०० रुपैयाँले घट्यो, ताेलाकाे कित ?

केन्द्रबिन्दु
0
Shares

सुनको मूल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको मूल्य १०० रुपैयाँले घटेको जनाएको छ ।

सोमबार तोलामा ३०० रुपैयाँले घटेको सुनको मूल्य मंगलबार १०० रुपैयाँले घटेको हो । मूल्य घटेसँगै छापावाल सुनको मूल्य तोलामा ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । साथै तेजाबी सुनको मूल्य तोलामा ९३ हजार रुपैयाँमा रहेको छ । 

सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ६०० र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी महासंघका अनुसार मंगलबार चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको जनाएको छ । चाँदीको मूल्य प्रतितोला ११ सय ८५ रुपैयाँ कायम छ । यसअघि, विगत ३ दिनदेखि चाँदीको मूल्य स्थिर थियो ।

Logo