आज बढ्यो सेयर बजार, ९२ करोडको कारोबार

आज बढ्यो सेयर बजार, ९२ करोडको कारोबार

केन्द्रबिन्दु
0
Shares

कारोबार हुने साताको तेस्रो दिन मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सेञ्जका अनुसार केही दिन देखि निरन्तर ओरालो लागेको बजारमा मंगलबार केही सुधार आएको हो  । 

सोमबार १३ दशमलव ५९अंकले घटेको बजार मंगलबार २१ दशमलव ३० अंकले बढेर १ हजार ९३४ दशमलव शून्य ४ विन्दुमा पुगेको छ । आज २३१ वटा धितोपत्रको ३१ लाख ४६ हजार कित्ता सेयर ९२ करोड २५ लाख ७४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ । 

मंगलबार १३ वटै समूहको परिसूचक बढेका छन् । सबैभन्दा बढि फाइनान्स समूहको २ दशमलव १३ प्रतिशतले बढेको हो । बोटलर्स नेपाल (बालाजु) को सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने  कारोबार रकमका आधारमा नविल बैंकको सबैभन्दा बढि ५ करोड ९४ लाख भन्दा बढिको सेयर कारोबार भयो ।

Logo