सेलपेको दशैँ धमाका अफर, हवाई टिकटमा १२०० सम्म क्यासब्याक

सेलपेको दशैँ धमाका अफर, हवाई टिकटमा १२०० सम्म क्यासब्याक

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले नेपालीहरुको महान पर्व दशैँको अवसरमा आफ्ना ग्राहकहरुका लागि आकर्षक अफर ल्याएको छ । 

यस योजना अन्तर्गत हरेक ग्राहकहरुले हवाई टिकट खरिदमा रु १२०० सम्मको क्यासब्याक, बस टिकट खरिदमा १० प्रतिशत सम्मको क्यासब्याक, सुविसु र भायानेट इन्टरनेट भुक्तानीमा ५ प्रतिशत क्यासब्याक र मोबाईल रिर्चाजमा ६ प्रतिशत क्यासब्याक पाउन सकिेन छ । यो योजना असोज १ गतेदेखि असोज ३१ गतेसम्म लागु हुनेछ ।

सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपेले बास्तविक समयमा भुक्तानी, सरल र सुरक्षित, बैंक खाताका साथै वालेटबाट पनि कारोबार गर्न सक्ने गरी सेवा दिँदै आएको छ । 

सेलपेद्वारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईन्टरनेटको महशुल भुक्तानी, ईन्स्योरेन्सको भुक्तानी, शेयर तथा ब्रोकर भुक्तानी, सरकारी भुक्तानीहरु, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, फोनपे नेटवर्कका करीव ५००००० मर्चेण्टहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, P2P, P2B, B2P, B2B आदि वास्तविक समयमा गर्न सकिन्छ । साथै ग्राहकहरुले सेलपे कार्ट सेवा मार्फत सजिलै घरमै बसी बसी बिभिन्न सामानहरु खरिद गर्न सकिञ्न्छ । 
डाउनलोड लिंक : http://onelink.to/nvacuy

Logo