दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा आइएमईले सेवाग्राहीहरूलाई लक्षित गर्दै संचालनमा ल्याएको ‘आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ नामक अफरअन्तर्गत दोस्रो हप्ताका विजेता सार्वजनिक गरेको छ ।
काठमाडौँ पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा फेसबुक लाइभ मार्फत सार्वजनिक गरिएको नतिजा अनुसार सेवाग्राहीहरू अस्तबहादुर महर्जन र कृष्णबहादुर बस्नेत साप्ताहिक विजेता छनोट भएका छन् । उनीहरुले जनही २५ हजार रुपैयाँ पाउनेछन्।
त्यस्तै सेवाग्राहीहरूमा ममता गुरुङ, कमला बुढाथोकी, सरिता लामा, रामसुन्दर कुशुवाहा महतो, लक्ष्मी जीसी, आयुष तमाङ्ग र बिदुर तमाङ्ग मोक्तान दैनिक विजेता छनोट भएका छन् । उनीहरुले प्रत्येकले एक/एक सामसुङ् मोबाइल सेट उपहार स्वरूप प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
आईएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामको स्किम आईएमईले ल्याएको छ। अफर अनुसार विदेशबाट आईएमई मार्फत आएको रकम पाउने सेवाग्राहीहरूमध्ये दैनिक एक जनालाई सामसङ मोबाइल उपहार स्वरूप पाउनेछन्। हरेक हप्ता आइएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने २ जनालाई जनही २५ हजार रुपैयाँ दिइने कम्पनीले जानकारी दिएको छ। अफर अवधिमा एक जनाले १० लाख रुपैयाँ पाउनेछन्।
यो अफरमा ८२ जना सेवाग्राहीहरू प्रत्यक्ष लाभान्वित हुनेछन्। अफर कात्तिक १६ सम्म चालु हुनेछ।































प्रतिक्रिया