इसुजु मोटर्सको आधिकारीक बिक्रेता टाइम्स मोटर्सले नेपालीहरुको महान् चाड दसैंलाई लक्षित गर्दै अफर ल्याएको छ ।
यस अफरअन्तर्गत इसुजु मोटर्सका पिकअप खरिद गर्दा ग्राहकले ८० प्रतिशतसम्म फाइनान्स सुविधा पाउनेछन् । २० प्रतिशत रकम डाउनपेमेन्ट भुक्तानी गरी वाँकी रकमलाई सरल किस्तावन्दीमा तिर्न सकिने उक्त स्किममा ग्राहकले २ महिनाको इएमआई होलिडेको सुविधा समेत पाउने कमपनीले जनाएको छ ।
साथै ग्राहकले १ लाख ५० हजारसम्म नगद छुट, एक वर्षको निशुल्क इन्सुरेन्स र एस–क्यावमा निशुल्क एसेसोरिज समेत प्राप्त गर्न सक्नेछन् ।
हाल नेपाली बजारमा यस ब्राण्डकाे एस–क्याव टु ह्विल ड्राइभ, हाइल्यान्याडर फोर ह्विल ड्राइभ र भी–क्रस प्रिमियम फोर ह्विल ड्राइभ गरी कुल तीन मोडलका पिकपअ उपलब्ध छन् । यी पिकअपको मूल्य क्रमश ४६ लाख ९० हजार, ५९ लाख ९० हजार र ७५ लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ । यस अफरले कम डाउनपेमेन्ट गरेर गाडी किन्न इच्छुक ग्राहकलाई फाइदा पुग्ने कम्पनीले विश्वास लिएको छ ।































प्रतिक्रिया