विश्वभर एकैदिन रोयल इनफिल्ड ‘वान राइड २०२२’ आयोजना हुँदै

विश्वभर एकैदिन रोयल इनफिल्ड ‘वान राइड २०२२’ आयोजना हुँदै

केन्द्रबिन्दु
0
Shares

मोटरसाइकल कम्पनी ‘रोयल इनफिल्ड’का लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले ‘वान राइड २०२२’ कार्यक्रम आयोजन गर्ने भएको छ। कम्पनीका अनुसार रोयल इनफिल्ड मोटरसाइकलका ग्राहकहरुले अनलाइन फर्म भरेर यो राइडमा सहभागी हुन सक्नेछन्। 

वान राइड विश्वभर एकै दिन आयोजना गरिन्छ। यस पटक को राइडको नारा ‘वान वर्ल्ड, वान मिसन,वान राइड’ रहेको छ। कार्यक्रम यही असोज २ गते हुनेछ। विहान ६ बजे कमलपोखरी सिटी सेन्टरबाट सुरु हुने यो राइड चित्लाङ पुगेर बेलुका ६ बजे सिटी सेन्टरमा नै पुगेर समापन गरिने छ।

यो राइड कार्यक्रममा सडक सुरक्षाका बारेमा जनचेतना जोगाउँदै, विभिन्न मनोरन्जनात्कम खेल तथा सीएसआर का कार्यहरुसमेत हुने कम्पनीले जनाएकाे छ । 

सीएसआरको कार्यक्रम अनुरुप चित्लाङमा रहेको ‘श्री कालीदेवी आधारभूत विद्यालय’ का विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरिने छ। चित्लाङका वडाअध्यक्षको र विद्यालयका प्रधनाधापक समेतको संलग्नता रहने छ। वान राइडको पहिलो संस्करण २०११ मा आयोजना गरिएको थियो।

विश्वभरका सबै रोयल इनफिल्डका ग्राहकहरुलाई एकै ठाउँमा ल्याउने उद्देश्यले यो राइड आयोजना गर्न थालिएको हो। यसरी शुरु गरिएको राइड विश्वमा दुईपांग्रे सवारीको सबैभन्दा ठूलो राइडमा गणना हुन थालेको कम्पनीको दाबी छ। वार्षिक रुपमा रोयल इनफिल्डको समुदायमा याे सबभन्दा ठूलो कार्यक्रम मानिन्छ।

Skip This
Skip This
Logo