आकस्मिक लाइसेन्स प्रिन्ट गर्न अब अनलाइनमार्फत आवेदन दिन सकिने

आकस्मिक लाइसेन्स प्रिन्ट गर्न अब अनलाइनमार्फत आवेदन दिन सकिने

केन्द्रबिन्दु
0
Shares

आकस्मिक रुपमा सवारी चालक अनुमति पत्र चाहिएको खण्डमा अब अनलाइन आवेदन दिन सकिने व्यवस्था लागू भएको छ । 

यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै सवारी चालक अनुमतिपत्र अर्थात् स्मार्ट ड्राइभिङ लाइसेन्स शीघ्र प्रिन्टका लागि अनलाइन आवेदन दिन सकिने जानकारी दिएको हो । 

अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक, शान्ति सेना मिसनका लागि विदेश जाने नेपाली सेना एवम् नेपाल प्रहरी र गैरआवासीय नेपाली नागरिकहरूले यही आउँदो असोज ७ गतेदेखि आकस्मिक सवारी चालक अनुमतिपत्रका लागि अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।  

सेवाग्राहीले आवश्यक कागजातहरू अनलाइनमा नै प्रविष्ट गर्नसक्ने पनि विभागले जानकारी दिएको छ । साथै सेवाग्राहीले सवारी चालक अनुमतिपत्र लिन जाँदा निवेदनको प्रिन्टसहित पोर्टलमा अपलोड गरेका कागजातको सक्कल प्रति लिएर विभागमा पेश गर्नुपर्नेछ ।

यसअघि आकस्मिक सवारी चालक अनुमतिपत्र प्रिन्ट गर्न सम्बन्धित कार्यालयमा नै गएर आवेदन दिनुपर्ने व्यवस्था थियो । अनलाइन आवेदनको लागि यस लिंक मा क्लिक गर्न सकिनेछ ।          

Skip This
Skip This
Logo