गौरीघाटमा बीवाईडीको ‘स्टेट अफ आर्ट’ सर्भिस सेन्टर संचालन

गौरीघाटमा बीवाईडीको ‘स्टेट अफ आर्ट’ सर्भिस सेन्टर संचालन

केन्द्रबिन्दु
0
Shares

बीवाइडीको आधिकारिक वितरक साइमेक्स इंकले गौरीघाटमा  ‘स्टेट अफ आर्ट’ सर्भिस सेन्टरको शुभारम्भ गरेको छ । एक कार्यक्रमकाबीच करिब २७ हजार स्क्वायर फिटमा फैलिएको सर्भिस सेन्टरको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्घाटन गरेका हुन् । 

बजारमा गाडीको संख्या बढ्दै गएकाले सर्भिस सेन्टरको आवश्यकता पनि बढेकाले सुविधा सम्पन्न सर्भिस सेन्टर संचालनमा ल्याइएको कम्पनीले जनाएको छ । 

सो अवसरमा साइमेक्स इंकका प्रबन्ध निर्देशक यमुना श्रेष्ठले बढ्दो विद्युतीय सवारीसाधनको माग र त्यसमा आउन सक्ने समस्याको विषयमा सजग हुँदै अगाडि बढ्नु आजको आवश्यकता रहेको बताइन् । उनले भनिन्,  ‘हामी ग्राहकलाई उत्कृष्ट सेवा दिन चाहन्छौं । बढ्दो विद्युतीय सवारीसाधनको माग र त्यसमा आउन सक्ने समस्याको विषयमा सजग हुँदै अगाडि बढ्नु आज सबै विद्युतीय गाडी विक्रेताको जिम्मेवारी हो । त्यो जिम्मेवारीलाई पूर्ण आत्मबोध गर्दै हामीले स्टेट अफ आर्ट सर्भिस सेन्टर बनाएका हौं ।’

त्यस्तै, प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले देशभर सर्भिस सेन्टर र चार्जिङ नेटवर्कको विस्तार हुन सकेमात्रै सबै उपभोक्ताको विद्युतीय साधनमा आत्मबल बढ्ने बताएका थिए । 

अहिले ६ वटा वे निर्माण गरेर संचालनमा ल्याइएको यो सर्भिस सेन्टरमा ४ वटा वे पछि थप्न मिल्ने गरी तयार गरिएको छ । सर्भिस सेन्टरमा गाडीहरुलाई आवश्यक पर्ने स्पेयर पार्ट्सको वायर हाउस पनि तयार गरिएको कम्पनीले जनाएको छ । 

Skip This
Skip This
Logo