खुल्यो बजाजका पल्सर एन१६० र एन२५०को बुकिङ, कति छ मूल्य ?

खुल्यो बजाजका पल्सर एन१६० र एन२५०को बुकिङ, कति छ मूल्य ?

केन्द्रबिन्दु
0
Shares

बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले पल्सर एन१६० र एन२५० मोटरसाइकलको बुकिङ खुल्ला गरेको छ । 

नेपाली बजारमा १५० सीसी भन्दा माथिका मोटरसाइकल आयात गर्न नपाइए पनि बजाजका बाइक नेपालमै एसेम्बल हुने भएकाले विभिन्न सोरुमहरुमार्फत यी मोटरसाइकल बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ । 

नेकेड स्पोर्ट बाइक पल्सर एन१६० मा १६४.८२ सीसी, सिंगल सिलिन्डर इन्जिन प्रयोग गरिएको छ, जसले १६ बीएचपीको अधिकतम पावर र १४.६५ एनएमको अधिकतम टर्क जेनेरेट गर्छ । जसको नेपाली बजारको मूल्य मूल्य ३ लाख ७९ हजार ९ सय रुपैयाँ तोकिएको छ । 

त्यस्तै, पल्सर एन२५० को स्टाइलिङमा प्रमुख फ्रन्ट फेसिया हो, जसमा स्लिम एलईडी डीआरएलले घेरिएको एलईडी प्रोजेक्टर समावेश छ ।यसमा नयाँ २५०सीसी, आयल–कूल्ड इन्जिन पनि समावेश गरिएको छ । यसको मूल्य ४ लाख ८९ हजार ९ सय रुपैयाँ तोकिएको छ । 

Logo