डिशहोमको रिचार्ज गर्दा धनकुटाका सन्तबहादुरले जिते एक लाख नगद

डिशहोमको रिचार्ज गर्दा धनकुटाका सन्तबहादुरले जिते एक लाख नगद

केन्द्रबिन्दु
0
Shares

डिशहोममा १ वर्षको रिचार्ज गर्दा धनकुटा जिल्लाका पाखृवास नगरपालिका -२ का सन्तबहादुर राना मगरले नगद एक लाख रुपैयाँ जितेका छन् । 

अब ‘१ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने’ यो योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउनेछन् । साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउनेछन् । 

यसैक्रममा भारद्वाज इन्टरप्राइजेज डिलर अन्तरर्गत रहेको KDHAN -10 का योगेश इलेक्टोनिक्स पाखृवासका डिलर दाईकोमा एक वर्ष रिचार्ज गरेर सन्त बहादुरले लक्की ड्रमा सहभागी हुने अवसर पाएका थिए । साे क्रममा उनले पुरस्कार जिते । डिशहोमको तर्फवाट सेल्स अफिसर मनोज रिजालले जितेका पुरस्कार रकम सन्तबहादुरलाई हस्तान्तरण गरेका छन् । 

विजेता सन्त बहादुरलाई बधाई दिँदै सम्पूर्ण डिशहोम डिटिएचका ग्राहकहरुले यो योजनामा सहभागी जनाई लाभ लिनसक्ने विश्वास कम्पनीले लिएको जनाएको छ । लक्की ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टिभी, रमाईलो एचडी, सरोकार टिभी, नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्न सकिनेछ । 

Logo