कस्तो छ आज सुनचाँदीको मूल्य भाउ ?

कस्तो छ आज सुनचाँदीको मूल्य भाउ ?


काठमाडौं ।

नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । चाँदीको मूल्य भने १० रुपैयाँले बढेको छ । मंगलबार २२ सयले बढ्दै सुन प्रतितोला १ लाख ४ सयमा कारोबार भएको थियो । बुधबार मूल्यस्थिर रहेको थियो । विहिबार सुनको मूल्यमा १६ सयले गिरावट आएको थियो ।

आज ९८ हजार ८०० मा सुन कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज चाँदी १,३७० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो हप्ता सुनचाँदीको मूल्यमा उतार चढाव आइ नै रहेको थियो । गत बुधबार एकै दिन ६ हजार २०० ले घट्दै प्रतितोला ९५ हजार ४०० मा कारोबार भएको सुन विहिबार २,४०० ले बढेर पुनः उकालो लागेको थियो ।

साउन २३ गते नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । त्यस दिन १ लाख ३ हजार ५०० मा कारोबार भयो । मूल्य बढ्दै गए पछि कारोबार भने घटेको छ । सुन बजार सुनसान देखिन्छ ।

Logo