इन्डोनेसियामा ट्रेड एक्स्पो हुने

इन्डोनेसियामा ट्रेड एक्स्पो हुने

केन्द्रबिन्दु
0
Shares

आगामी अक्टोबरमा इन्डोनेसियाको जाकार्तामा ट्रेड एक्स्पो हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले बुधवार पत्रकार सम्मेलनको आयोजना गरी आगामी अक्टोबरमा इन्डोनेसियाको जाकार्तामा ट्रेड एक्स्पो हुने जानकारी दिएको हो । 

सो एक्स्पोमा इन्डोनेसियाले उत्पादन गरेका सबै प्रकारका वस्तुहरु राखिने नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले बताए । उनले सो एक्स्पोले नेपाल र इण्डोनेशियाका बीचमा भइरहेको व्यवसायिक गतिविधिलाई अझै बढाउन मद्दत गर्ने बताए । 

इन्डोनेसियाका अवैतनिक वाणिज्यदूतसमेत रहेका  ढकालले एक्स्पोमा सहभागी भएर नेपालले इन्डोनेसियाका उत्पादनहरुका बारेमा जानकारी लिने र नेपाली उत्पादनहरुलाई इण्डोनेशिया लैजाने उपयुक्त अवसर हुने उल्लेख गरे । 

सो अवसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले बैंकहरुले ब्याज बढाउनु स्वभाविक नभएको बताए । उनले भने, ‘ब्याज बढाएको चिज स्वभाविक होइन । अहिले ब्याज बढेको छ, जुन लेभलमा अहिले ब्याज बैंकहरुले बढाएको छ । ब्याज बढाउँदैमा डिपोजिट बढ्छ भन्ने कुरा पटक्कै होइन ।’
 
उनले तरलता अभावका कारण व्यापारिक गतिविधिहरु खुम्चिरहेको पनि बताए । यद्यपी पछिल्लो समय रेमिट्यान्स र पर्यटनको क्षेत्रमा भने सुधार हुँदै गएको उनको भनाइ छ ।
 

Skip This
Skip This
Logo