नेप्सेमा दोहोरो अंकको सुधार, कारोबार रकम ७२ करोडमा सीमित

नेप्सेमा दोहोरो अंकको सुधार, कारोबार रकम ७२ करोडमा सीमित

केन्द्रबिन्दु
0
Shares

बुधबार सेयर बजार सूचक नेप्सेमा दोहोरो अंकको सुधार आएको छ । 

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्से सूचक ११.२२ अंकले वृद्धि हुँदै १८४८.८२ अंकमा उक्लिएको हो । असोज १ गते देखि निक्षेपको ब्याजदर बढाउने बैंकर्स संघको निर्णयसँगै ३० भदौदेखि गिरावट सुरु भएको नेप्सेमा पाँचौ कारोबार दिनमा आएर सुधार भएको छ। 

बुधबार बजार परिसूचक नेप्से ११.२२ अंक ९०.६१ प्रतिशत० ले वृद्धि भएर १८४८.८२ अंकमा बन्द भएको छ । बुधबार नेप्सेमा सबै उपसूचकमा वृद्धि हुँदा म्युचुअल फण्ड उपसूचक भने ०.४४ प्रतिशतले घटेको छ । नेप्सेमा सुधार भएपनि बुधबार कारोबार रकम भने घटेको छ । 

२६ भदौमा ७५ करोडमा सीमित भएको कारोबार रकम त्यसपछि बढेर यो साता आइतबार र मंगलबार १ अर्ब नाघेको थियो । तर, बुधबार भने ७२ करोड १३ लाखमा सीमित भएको छ । नेप्सेले असारदेखि भदौसमम शुक्रबार दुई घण्टाको लागि कारोबार सञ्चालन गर्दा ७२ करोडभन्दा कमको कारोबार भएपनि ४ घण्टा नै बजार सञ्चालन हुँदाको कारोबार रकम भने कोभिड–१९ पछि नेप्सेमा बुलिस ट्रेन्ड सुरु भएयताकै न्यून हो ।

बुधबार नेप्सेमा नबिल बैंकको सर्वाधिक ३ करोड ३८ लाखको कारोबार हुँदा रिडी हाइड्रोपावरको २ करोड ४१ लाखको कारोबार भएको छ । कारोबार अवधिभर १८७ कम्पनीको सेयर कारोबार भएकोमा १४२ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ३८ कम्पनीको घटेको छ । त्यस्तै ७ कम्पनीको भने स्थिर छ ।

सामलिङ पावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लाग्दा समिट लघुवित्तको सेयर मूल्य ५.७३ प्रतिशतले बढेको छ । यता विन नेपाल लघुवित्तको सेयर मूल्य ३.६३ प्रतिशत र नबिल ब्यालेन्स फण्ड २ को इकाइ मूल्य ३.४० प्रतिशतले गिरावट भएको छ ।

Skip This
Skip This
Logo