एनएमबि बैंक लिमिटेडले बिद्युतीय गाडीहरुमा न्युनतम ब्याजदरमै कर्जा प्रवाह गर्नेगरी सिप्रदि ट्रेडिङ्गसंग सहकार्य गरेको छ ।
बैंकिङ्ग क्षेत्रमै एक उत्कृष्ट योजना रहेको यस सहकार्य अन्तर्गत ८० प्रतिशत फाइनान्सिङ्गसहित आवश्यक सम्पूर्ण कागजात बुझाएको २४ कार्य घण्टाभित्र कर्जा प्रवाह हुने बैंकले जनाएको छ ।
वातावरणीय संरक्षणलाई सघाउ पु-याउने कार्यलाई प्रवद्र्घन गर्न बैंकले यो समझदारी गरेको बताइएको छ, जसमा न्युन ब्याजदर, लचिलो समयावधि जस्ता विशेषताहरु समावेश छ । यो योजनाले नेपालकै विद्युत सदूपयोग हुने लक्ष्य पनि लिएको छ ।
विद्युतीय गाडी चढ्ने ग्राहकवर्गलाई यस योजनाले कर्जा प्रदान गर्ने मात्र नभई वातावरणलाई दिगो बनाउन समेत टेवापुग्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।





























प्रतिक्रिया