सिमित मोबाइल व्यवसायीलाई फाइदा पुग्नेगरी ‘एमडिएमएस प्रणाली’ लागू गरेको भन्दै आपत्ति

सिमित मोबाइल व्यवसायीलाई फाइदा पुग्नेगरी ‘एमडिएमएस प्रणाली’ लागू गरेको भन्दै आपत्ति


उपभोक्ता अधिकारकर्मीहरुले सरकारले सिमित मोबाइल व्यवसायीलाई फाइदा पुग्ने गरेर एमडिएमएस प्रणाली लागू गरेको भन्दै आपत्ति जनाएका छन् । 

नेपाल दूरसञ्चार प्राधिकरणले भदौ २९ गतेदेखि नेपालमा गैरकानूनी रुपमा भित्रिने मोबाइल फोनहरूको अनाधिकृत आयात नियन्त्रण गर्न भन्दै मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) शुरु गरेको थियो । तर सरकारले सिमित व्यवसायीलाई फाइदा पुग्ने गरी (एमडीएमएस) प्रणाली लागू गरेको भन्दै बिरोध शुरु भएको हो । 

सरकारले बजारमा काट्रेलिङ गर्ने सिमित व्यवसायीहरुको दबाबमा लागू गरेको (एमडीएमएस) प्रणाली उपभोक्ता हीत र मौलिक अधिकारको बिरुद्धमा रहेको उनीहरुको आरोप छ । उपभोक्ता अधिकार कर्मीहरुले सिमित मोबाइल कम्पनी र व्यवसायीहरुलाई मोबाइल बजारमा एकाधिकार कायम गर्नेगरी लागू भएको प्रणाली तत्काल फिर्ता गर्न माग गरेका छन् । 

बुधवार उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष तथा उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले सिमित व्यक्ति र व्यवसायीहरुलाई फाइदा पुग्नेगरी व्यवसायीहरुको दबाबमा परेर मोबाइल व्यवसायमा काटे«लिङ गर्ने काम राज्यले नै गरेको आरोप लगाए । उनले राज्यले सिमित व्यवसायीक घरनाको लागि चुनावको मुखैमा मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) लागू गर्नु न्यायोचित नभएको बताए । 

अध्यक्ष तिमिल्सिनाले विदेशमा गएर दुःख गरेर कमाएको पैसाले नेपालमा आउँदा दुई पैसा सस्तोमा ल्याउने अधिकारबाट वञ्चित गरेको बताए । उनले मोबाइल व्यवसायीहरुले उपभोक्तालाई लुट्न पाउने गरी सरकारले निर्णय गरेकाले मोबाइल व्यवसायीहरुले उत्सव मनाएको बताए । 

‘अहिलेसम्म सरकारले मोबाइलको मूल्य,गुणस्तर लगायतका विषयमा दूरसञ्चार प्राधिकरणले नियमन गर्न सकेको छैन । मोबाइलको बजारमा भएको अस्वभाविक मूल्य नियमन गर्नुपर्ने सट्टा सिमित व्यवसायीलाई फाइदा हुनेगरी सिमित व्यवसायीको दबाबमा परेर जुन निर्णय गरेको छ त्यो नेपालको उपभोक्ता हीत र मौलिक अधिकारको बिरुद्धमा छ । मोबाइल व्यवसायीहरुले उपभोक्तालाई लुट्न पाउनेगरी जित भएकाले उत्सव मनाउने काम गरेका छन् ।’ उनले भने, ‘व्यवसायीहरुले मोेबाइलको विषयमा उपभोक्ताहरुलाई सचेत गराउने काम समेत गरेका छैनन् । उपभोक्तावादको सिद्धान्त राज्य वा सेवा प्रदायकले वस्तु तथा सेवाको विषयमा जानकारी दिनुपर्छ । अहिले अधिकांश  मोबाइल कम्पनीहरुको भ्रमपूर्ण विज्ञापन दिइरहेका छन् । यस्तो विज्ञापनलाई न विज्ञापन बोर्डले नियमन गरेको छ न त सरकार वा दूरसञ्चार प्राधिकरणले नियमन गर्न सकेको छैन । सरकारले लागू गरेको एमडिएमएस प्रणाली खारेज गर्नुपर्छ । अहिले १० औं हजार नेपाली दशैँ मनाउनको लागि नेपाल आउँदै हुनुहुन्छ । १० औं हजार मोवाइल नेपाल आउने थिए । त्यो मोबाइलको फाइदा उनीहरुले लिने भए । त्यस्तै,चुनावको मुखमा सरकारमा रहेका राजनीतिक पार्टीहरुलाई प्रभावमा पार्न सकिन्छ भन्ने हिसावले यो काम भएको छ ।’
 
त्यस्तै, उपभोक्ता हीत संरक्षण मञ्चका महासचिव विष्णु तिमिल्सिनाले पनि सिमित व्यवसायीको फाइदाको लागि चाड पर्वको मुखमा सरकारले मोबाइलमा एमडिएमएस प्रणाली लागू गरेको बताए । उनले विदेशबाट चाड पर्वमा नेपाल फर्कंदा दुईवटा मोबाइल ल्याउन पाउने सुविधाबाट समेत वञ्चित गर्ने काम सरकारले गरेको बताए । 

महासचिव तिमिल्सिनाले मोबाइल आयात गरेर नेपालमा बिक्री वितरण गर्ने सिमित व्यवसायीहरु रहेको बताए । यस्ता कम्पनी बढीमा १३ वटा रहेको र त्यस कम्पनीको फाइदाको लागि सरकारले काम गरेको उनको भनाई छ । 

‘व्यवसायीहरुले त्यो कुरा बुझेर हिजो उत्सव नै मनाए । मोबाइल आयात गरेर नेपालमा बिक्री वितरण गर्ने सिमित व्यवसायिक घरनाहरु रहेका छन् । १३ वटा भन्दा बढी कम्पनीहरु छैनन् । ती कम्पनीहरुले मोबाइल बजारमा हालीमुहाली गर्ने र अकुत सम्पती कमाउने गरी सरकारलाई नीति बनाउन बाध्य बनाएका हुन् । नेपाल दूरसञ्चार प्राधिकरणले सरकारमा भएका दल र व्यवसायीहरुलाई सहजिकरण गरिदियो ।’ उनले भने, ‘यो नीति जुन नियतका साथ ल्याएको छ । त्यो भनेको सिमित व्यवसायीहरुको एकाधिकार कायम राख्ने,विदेशबाट मोबाइल ल्याउन नपाओस् र नेपालमा नै मोबाइल खरिद गरुन भन्ने धारणाका साथ यस्तो नीति आएको हो । मोबाइल व्यवसायीहरुले मोबाइल किन्न जाँदा बिल लिने की नलिने भने सोध्ने गर्छन् । व्यवसायीहरुले अथाह रुपमा अवैध रुपमा मोबाइलहरु भित्र्याएका छन् । 

 

Logo