डिशहोम फाईवरनेटको ‘फेस्टिभ फाइबरनेट’ अफर सार्वजनिक, यस्ता छन् आकर्षक प्याकेज

डिशहोम फाईवरनेटको ‘फेस्टिभ फाइबरनेट’ अफर सार्वजनिक, यस्ता छन् आकर्षक प्याकेज


डिशहोम फाइबरनेटले नेपालीहरुकाे नजिकिरहेकाे महान् चाडपर्वको अवसरमा खुशी प्रदान गर्न ‘फेस्टिभ फाइबरनेट’ अफर सार्वजनिक गरेको छ । कम्पनीले नयाँ ब्याण्डविथको साथ आकर्षक मूल्यमा फास्टेस्ट इन्टरनेट प्याकेजहरू ल्याएको हो ।

यस अफर अन्तर्गत ८७० रुपैयाँ प्रतिमहिना पर्ने २०० एमबिपिएसको इन्टरनेट प्याकेज दिनेछ । डिशहोमले प्रतिमहिना ५९५ रुपैयाँमा ७५ एमविएपिस, ६८७ रुपैयाँमा १०० एमबिपिएस, ८२४ रुपैयाँमा १५० एमविपिएस र ९१६ रुपैयाँमा २५० एमविपिएसको प्याकेजहरू उपलब्ध गराइरहेको कम्पनीले जनाएकाे छ । 

यो गजबको प्याकेज अफरमा एक बर्षको जडान गर्ने ग्राहकहरूले फाइभजी डुअल ब्यान्ड राउटर पनि सित्तैमा पाइने छ । साथै इन्टरनेटसँगै टेलिभिजन सेवा पनि चाहने ग्राहकहरूले २५० रुपैयाँ प्रति महिनामा डिशहोम आई टिभीको सेवा पनि लिन पाउने कम्पनीले जनाएको छ । 

Logo