१२ असोज २०७९ बुधबार
1
1
1
1

सानिमा बैंकको ५१ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

1
1
1
1

सानिमा बैंकका केही संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्ने भएका छन् । उनीहरूले आफ्नो नाममा रहेको ५१ लाख कित्ता सेयर बिक्री गर्न लागेका हुन् ।

सानिमाकै संस्थापक सेयरधनीले न्यूनतम १४५ रुपैयाँलाई आधार मानेर आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीले न्यूनतम १० लाख कित्ताका लागि आवेदन दिनुपर्नेछ । सेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र सानिमा बैंकको प्रधान कार्यालय नारायणचौर नक्साल काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

प्रकाशित: ७ असोज २०७९ ११:५० शुक्रबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी