नेप्सेमा सूचिकृत अभियान लघुवित्तको आईपीओ आइतबारबाट कारोबारमा आउने

नेप्सेमा सूचिकृत अभियान लघुवित्तको आईपीओ आइतबारबाट कारोबारमा आउने

केन्द्रबिन्दु
0
Shares

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको कुल २५ लाख कित्ता आईपीओ सूचीकृत भएको छ । 

जसमा संस्थापक समूहको १५ लाख २५ हजार कित्ता (६१ प्रतिशत) र सर्वसाधारण समूहको ९ लाख ७५ हजार कित्ता (३९ प्रतिशत) सेयर सूचीकृत भएको हो । यो सँगै आइतबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ । 

नेप्सेले अभियान लघुवित्तलाई ‘एभीवाईएएन’ कारोबार संकेत प्रदान गरेको छ । पहिलो कारोबारका लागि भने नेप्सेले प्रतिकित्ता न्यूनतम १०५.३६ रुपैयाँ र अधिकतममा ३१६.०८ रुपैयाँ तोकेको छ । आगामी आइतबार स्पेसल प्रि–ओपन सेसनमा यो लघुवित्तको सेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित समयका लागि कारोबारमा आउनेछ । 
 

Logo