आइएमई पेमार्फत फोन पे क्युआर स्क्यान गर्दा एक लाख रुपैयाँसम्म जित्न सकिने

आइएमई पेमार्फत फोन पे क्युआर स्क्यान गर्दा एक लाख रुपैयाँसम्म जित्न सकिने


आइएमई पे र फोन पेबीच समझदारी भएको छ । सम्झौतापत्रमा आइएमई पेका तर्फबाट निमित्त प्रमुख कार्यकारी अध्यक्ष आमोद भट्टराई र फोन पेका तर्फबाट बिजनेस डेभलपमेन्ट म्यानेजर रुशान्त श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

समझदारी अनुसार क्युआर स्क्यानमा एक लाख रुपैयाँसम्म जित्न सकिने अवसर छ भने त्यसका अतिरिक्त अन्य डिस्काउन्ट अफरहरुको पनि व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ । 

त्यस्तै, नेपालको महान चाडपर्वको अवसर पारी फोन पेले दशैँमा १० दिनको र तिहारमा ५दिनको अफर सार्वजनिक गरेको छ । जसमार्फत प्रयोगकर्ताहरुले हरेक दिन आइएमई पेमार्फत फोनपे क्युआर स्क्यान गरेर भुक्तानी गर्दा एक लाख रुपैयाँ जित्ने मौका पाउनेछन् । 

यसको साथै यही असोज १४ गते पर्ने आइएमई पेको ‘क्युआर डे’मा प्रयोगकर्ताहरुले आइएमई पे मार्फत फोनपे क्युआर स्क्यान गरी भुक्तानी गर्दा १०% छुट (अधिक्तममा रु. १००) पनि प्राप्तगर्न सक्नेछन् । 

समझदारीले प्रयोगकर्ताहरुलाई चाडपर्वको किनमेल गर्न सहजता पु-याउनुका साथै नयाँ प्रयोगकर्तालाई डिजिटल प्रविधि चलाउन प्रोत्साहन दिने दुवै कम्पनीले विश्वास लिएका छन् ।

Logo