थिङ्क ट्याङ्कहरुलाई सरकारको सहयोगमा विकास गर्न जरुरी छ -स्वर्णिम वाग्ले

थिङ्क ट्याङ्कहरुलाई सरकारको सहयोगमा विकास गर्न जरुरी छ -स्वर्णिम वाग्ले

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले नेपालमा योजना बनाउँदा थिङ्क ट्याङ्कहरुको पृष्ठपोषण गर्न जरुरी रहेको बताएका छन् । 

आइतवार नीति अनुसन्धान प्रतिष्ठानको चौथो स्थापना दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले मुलुकमा कुनैपनि परियोजनाको सम्झौता रद्ध हुँदा मुलुकलाई नै हानी नोक्सानी विषयमा पनि थिङ्क ट्याङ्कहरुले पूर्ण जानकारी राख्नुपर्ने बताए । श्रीलंकाले थिङ्क ट्याङ्कहरु समेट्न नसक्दा आर्थिक संकट व्यहोरिरहेको पनि उनले बताए । 

पूर्व उपाध्यक्ष वाग्लेले श्रीलंकामा शासकहरुको सन्कीपनका कारण पनि मुलुक संकटमा फसेको बताए । उनले नेपालले पनि थिङ्क ट्याङ्कहरुलाई बेवास्ता गरेर गए मुलुकको विकास गर्न नसकिने स्पष्ट पारे । कुनैपनि निर्णय गर्दा वैकल्पिक उपाय सोच्न जरुरी रहेको भन्दै थिङ्क ट्याङ्कहरुले दिएका सुझाव र योजनाका बारेमा गहन छलफल हुन आवश्यक भएको उनकाे भनाइ छ । 

पूर्व उपाध्यक्ष वाग्लेले देशको नीति निर्माण गर्दा पारदर्शी र विश्वसनियता कायम गर्नुपर्ने आवश्यकता औंल्याए । थिङ्क ट्याङ्कहरु चलायमान भइरहनुपर्ने आवश्यक्ता रहेको भन्दै उनले विश्वविद्यालय भित्र पनि थिङ्क ट्याङ्कहरुलाई विकास गर्न जरुरी रहेको बताए । 

Skip This
Skip This
Logo