अमेरिकन ब्रान्ड ब्लाक एण्ड डेकरले नेपालीहरुको महान् चाड दसैं-तिहारलाई लक्षित गरी डबल डिलाइट नामक योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत ग्राहकहरुले ब्लाक एण्ड डेकरको साना होम एप्लायन्सहरुको खरिद गर्दा स्योर सट उपहार पाउनुका साथै लक्की ड्र मा पनि सहभागी हुन पाउनेछन् ।
लक्की ड्रमार्फत एक जना भाग्यशाली ग्राहकले एलजी को ५५ इन्चको ओलेद टिभी, एक जना भाग्यशाली ग्राहकले दुबइ टुर प्याकेज, दुई भाग्यशाली जोडीलाई मेघौली सेराइ टुर प्याकेज र सप्ताहिक उपहार स्वरुप चार जना भाग्यशाली ग्राहकले ब्लाक एण्ड डेकरको कार भ्याकुम क्लिनर जित्न सक्ने कम्पनीले जनाएको छ ।
मोडल र भेराइटीका आधारमा एक सय वा सो भन्दा बढी प्रोडक्टहरु छन् । एअर फ्रायर वायरलेस प्रोडक्ट हो जहाँ तपाईहरुले बिना ओयल खाना पकाउन सक्नुहुनेछ ।
स्योर सट उपहारस्वरुप ग्राहकहरुले ब्लाक एण्ड डेकरको एअर फ्राएर, ब्लेन्डर, ग्राएन्डर, जुसर, फुड प्रोसेसर, मिट मिन्सर, टोस्टर ओभन, भ्याकुम क्लिनर र ओएफआर हिटरको खरिदमा अन्तरराष्ट्रिय ब्रान्डको पर्फ्युम निःशुल्क प्राप्त गर्न सक्नेछन् भने एअर ह्युमिडिफायरको खरिदमा एभरेष्ट अरोमाको अरोमा किट (ओएल) निःशुल्क प्राप्त गर्न सक्नेछन् । साथै ग्राहकहरुले गार्मेन्ट स्टीमरको खरिदमा गुणस्तरिय किचेन एप्रोन निःशुल्क प्राप्त गर्न सक्नेछन् । ब्लाक एण्ड डेकरको आकर्षक उपहार योजनाका साथै आफ्नो सबै सामानहरुमा आकर्षक छुट पनि रहेको छ ।
ग्राहकहरुले यो योजनाको लाभ सीमित अवधिका लागि नेपालभर उठाउन सक्ने कम्पनीले जनाएको छ । अन्तर्राष्ट्रिय ब्रान्ड ब्लाक एण्ड डेकरका उत्पादनहरु टिकाउ र भरपर्दो रहेको र यी उत्पादनहरुको प्रयोगले उपभोक्ताहरुको जनजीवन सहज भइरहेको र ब्लाक एण्ड डेकरले प्रविधिको क्षेत्रमा नवीनता र आयम थप्दै आफ्नो सुरुवाती दिनदेखि नै नेपाली बजारमा सर्वाधिक लोकप्रियता बटुल्दै आइरहेको कम्पनीले दाबी गरेको छ ।
चाडपर्वलाई लक्षित गरेर ब्ल्याक एण्ड डेकर ब्रान्डको अफरबारे हामीले बजार प्रबन्धक मनमोहन झासँग कुराकानी गरेका छौं ।
कुन कम्पनीको सामान हामी किन्दैछौं ध्यान दिनुहोस । सँगै ब्राण्ड कसले चलाइरहेको छ पनि ध्यान पुर्याउन जरुरी छ । कती भरपर्दौ हो ? कति वर्षदेखी बजारमा रहेको छ ? ध्यान दिनुहोस् ।
ब्ल्याक एण्ड डेकर ब्राण्डको इतिहास कस्तो छ ?
-ब्ल्याक एण्ड डेकर ७० वर्ष भन्दा पुरानो अमेरिकन ब्राण्ड हो । हामीसँग ब्ल्याक एण्ड डेकर जोडिएको तेस्रो वर्ष लाग्यो । मेरो विचारमा ब्ल्याक एण्ड डेकर संसारकै सबैभन्दा बढी इनोभेटिभ ब्राण्ड हो । यो ब्राण्डले ग्राहकहरुको हरेक इच्छालाई पूरा गर्दै क्वालिटी मेन्टेन गर्दै आएकाले ब्ल्याक एण्ड डेकरलाई संसारकै टप ब्राण्ड भन्न सकिन्छ ।
दसैंको सपिङका लागि ब्ल्याक एण्ड डेकर नै किन ?
-यो वर्ष हामीले डबल डिलाइट भनेर ल्याएका छौँ । यो अफरमा स्योरसट अफर छन् । धेरै प्रोडक्टमा अत्तरहरु दिएका छौं । केही प्रोडक्टमा एप्रोन छन् । माइक्रोओभनमा माइक्रोओभन किट दिएका छौं । हेमोडी फायरमा हेमोडी किट दिएका छौं । ब्राण्डहरु बजारमा धेरै छन् । सबैले आ–आफ्नो राम्रो नै भन्नुहुन्छ तर ब्राण्ड क्वालिटीसँग सम्बन्धित हुन्छ । वारेन्टी सर्विस के कस्तो छ ? भन्ने कुरा हुन्छ । कस्तो सर्भिस दिइरहेका छन् त्यो सब कुरालाई ध्यानमा राखेर कुनै पनि सामान किन्दा राम्रो हुन्छ ।
अन्तर्राष्ट्रिय ब्रान्ड ब्लाक एण्ड डेकरका उत्पादनहरु टिकाउ र भरपर्दो रहेको र यी उत्पादनहरुको प्रयोगले उपभोक्ताहरुको जनजीवन सहज भइरहेको कम्पनीले दाबी गरेको छ ।
ब्ल्याक एण्ड डेकर अन्य ब्राण्डभन्दा भिन्न कसरी ?
-ब्ल्याक एण्ड डेकर फिजिकल ड्यामेज भएन भने जिवनभरलाई साथ दिइरहने प्रोडक्ट हो । हाम्रो प्रोडक्टमा टेक्निकल इरर माइनर हुन्छन् । हामीले हाम्रो क्वालिटीमा जिरो कम्प्रोमाइज गर्छौ । सर्भिसमा पनि हामी २ वर्षको वारेन्टी र ग्यारेन्टी दिन्छौं । अरु प्रोडक्टहरुमा वारेन्टी मात्र हुन्छ तर हाम्रोमा दुवै छ । हाम्रो प्रोडक्ट प्रिमियम प्रोडक्ट हो । हाम्रो बाण्डको बारेमा वेव साइटहरुमा गएर हेर्न सक्नुहुन्छ ।
ब्ल्याक एण्ड डेकर अन्तर्गत कुनकुन प्रोडक्ट पर्छन ?
-ब्लक एण्ड डेकर घरमा प्रयोग हुने लगभग सबै प्रोडक्टहरु छन् । हामीसँग लगभग ५० वटा प्रोडक्टहरु छन् । मोडल र भेराइटीका आधारमा एक सय वा सो भन्दा बढी प्रोडक्टहरु छन् । एअर फ्रायर वायरलेस प्रोडक्ट हो जहाँ तपाईहरुले बिना ओयल खाना पकाउन सक्नुहुनेछ । यो प्रोडक्टमा जे पनि पकाउन मिल्छ । यो प्रोडक्ट धेरै राम्रो क्वालिटीमा बनाइएको छ । योसँगै इलेक्ट्रिक ओभन, होमेडी फायर, माइक्रोओभन, राइसकुकर, मिक्सर ग्राइन्डर, मिट मिक्सर, स्टिम ग्रिलसँगै घरायसी जे जति सामग्रीहरु छन् ती सबै हामी कहाँ पाइन्छ ।
ब्ल्याक एण्ड डेकर ७० वर्ष भन्दा पुरानो अमेरिकन ब्राण्ड हो । हामीसँग ब्ल्याक एण्ड डेकर जोडिएको तेस्रो वर्ष लाग्यो । मेरो विचारमा ब्ल्याक एण्ड डेकर संसारकै सबैभन्दा बढी इनोभेटिभ ब्राण्ड हो ।
अन्त्यमा उपभोक्तलाई के भन्न चाहनुहुन्छ ?
-कुनै पनि सामान खरिद गर्दा ब्रान्डप्रति सचेत हुनुहोस । कुन कम्पनीको सामान हामी किन्दैछौं ध्यान दिनुहोस । सँगै ब्राण्ड कसले चलाइरहेको छ पनि ध्यान पुर्याउन जरुरी छ । कती भरपर्दौ हो ? कति वर्षदेखी बजारमा रहेको छ ? ध्यान दिनुहोस् । हामीले आफ्नो पैसा इन्भेष्ट गर्दा राम्रो ठाउँमा गर्नुपर्छ यदि यसो गरिएमा यसको रिटर्न पनि राम्रो आउँछ । राम्रो कम्पनीको राम्रो प्रोडक्ट राम्रो सर्विस हेरेर सामनहरु खरिद गर्नुहोला जसले लामो समय साथ दिने प्रोडक्ट रोज्नुहोस । इलेक्ट्रोनिक फिल्डमा सिजी सबैभन्दा पुरानो ब्रान्ड हो । यी कुराहरु प्नि विचार गरेर पैसा खर्च गर्न आग्रह गर्छु ।































प्रतिक्रिया