डिशहोम फाइबरनेटले नयाँ योजना "खुशीको साथी" सार्वजनिक गरेको छ ।
खुशीको साथी अन्तर्गत ग्राहकहरूले मात्र ४१ हजार ७३९ रूपैयाँमा डीएचआई स्मार्ट टिभी, ५जी डुअल ब्याण्ड राउटरसहित २५० एमबीपीएस फाइबरनेटको एक वर्षे सब्स्क्रिप्सन साथै डिशहोम आईटीभीको एक वर्षको सब्सक्रिप्सन पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
त्यस्तै दिनानु लोकप्रियता बढिरहेको आईटिभीमा ग्राहकहरूले सर्ट टिभी, फन टिभी, गुञ्जन, सिने हिट्स, जुनियर टिभी र नेपाली भाषामा लोकप्रिय कोरियन सिरिजहरू जस्ता डिशहोम विशेष च्यानलहरू सहित २०० भन्दा बढी टिभी च्यानलहरू हेर्न सक्नेछन् ।
यस याेजनाअन्तर्गतको उत्कृष्ट डीएचआई स्मार्ट टिभीमा ग्राहकहरूले एउटा छुट्टै र उत्कृष्ट टिभी हेराइको अनुभव प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । परिवारका हरेक सदस्यहरूको फरक-फरक आवश्यकतालाई मध्यनजर गर्दै डिशहोम मिडियाले आफ्ना सेवाहरू समावेश गरि डीएचआई स्मार्ट टिभीसहित यो योजना ल्याएको हो ।





























प्रतिक्रिया