काठमाडौं ।
साना किसान विकास लघुवित्त वित्तीय संस्थाका डेपुटी सिइओ झलेन्द्र भट्टराईले लघुवित्त वित्तीय संस्थाहरुले गरिबी निवारणमा महत्वपूर्ण भूमिका खेलेको भए पनि त्यसको परिणाम उल्टो आएको बताएका छन् ।
धेरै लघुवित्त वित्तीय संस्थाहरुले एकै व्यक्तिलाई धेरै ऋण दिएर कतिपय अवस्थामा घरबास नै उठेको भन्दै डेपुटी सिइओ भट्टराईले यस्तो बताएका हुन् । लघुवित्त क्षेत्रमा रहेको डुब्लिकेशन (एउटै व्यक्ति धेरै संस्थाको सदस्य हुनु) को समस्या भएका कारण ऋणीले धेरै ठाउँबाट ऋण लिने तर त्यसको सदुपयोग नगर्ने गर्दा घरबास उठ्ने अवस्था आउने गरेको भट्टराईको भनाइ थियो ।
लघुवित्त संस्थाहरुले बिना धितो ऋण दिने गरेको भए पनि त्यसको निरन्तर अनुगमन भइरहनु पर्ने उनले बताए । ऋणीले ऋण लगेर कस्तो ठाउँमा लगानी गरेको छ ? सहि ठाउँमा प्रयोग गरेको छ कि छैन ? ऋण लगानी गरेर तिर्न सक्छ कि सक्दैन ? भन्ने लगायतका विषयमा सोचेर मात्रै लगानी गर्दा संस्था र ऋणी दुबैलाई फाइदा हुने उनको भनाइ थियो ।
यस पटक केन्द्रबिन्दुले उनी सँग यसै विषयमा कुराकानी गरेको छ । उनीसँगको कुराकानी हेरौं यो भिडियोमा :





























प्रतिक्रिया