भारतको सबैभन्दा ठूलो विद्युतीय सवारी साधन कम्पनी ओला इलेक्ट्रिकले चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्ससँगको साझेदारीमा नेपाली बजारमा प्रवेश गरेको छ । एमओयूअन्तर्गत ओला इलेक्ट्रिकले नेपालमा आफ्ना उत्कृष्ट ओला एस१ स्कुटर (एस१ र एस१ प्रो) लन्च गर्नेछ ।
यो साझेदारीले नेपाल सरकारको २०३१ सम्ममा देशलाई हल्का विद्युतीय सवारी साधनमा रूपान्तरण गर्ने लक्ष्यलाई अगाडि बढाउने कम्पनीले विश्वास लिएको छ । ओला एस१ स्कुटरहरू अर्को त्रैमासिकदेखि नेपालमा उपलब्ध हुनेछन्।
सीजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालले ओलासँगको साझेदारी सीजी मोटर्स र नेपालको ईभी क्षेत्रका लागि महत्वपूर्ण कोसेढुङ्गा भएको बताए । ‘ओला एस१को अत्याधुनिक टेक्नोलोजी र सुविधाहरू सहित विश्वकै उत्कृष्ट स्कुटर हो र हामी संयुक्त रूपमा यो उत्कृष्ट उत्पादनलाई विद्युतीय यात्रा गर्न चाहने नेपाली उपभोक्ताहरूसमक्ष पुर्याउने प्रयास गर्छौं। हाम्रो राष्ट्रव्यापी बिक्री र समर्थन नेटवर्कद्वारा समर्थित हामी नेपालमा दुई पाङ्ग्रे सवारीको नम्बर १ ब्रान्ड बन्ने परिकल्पना गर्छौं।’ उनले भने ।
ओला एस१ स्कुटरहरूको प्रिमियम डिजाइन, उत्कृष्ट प्रदर्शन, उत्कृष्ट श्रेणी सुविधाहरू र भारतमा नयाँ युगसँग जोडिएको प्रविधिको लागि प्रशंसा गरिएको छ। यसको वर्गमा सबैभन्दा उन्नत स्कूटरहरू मध्ये एकको रूपमा राखिएको एस१ र एस१ प्रो दुबै लोकप्रिय मुभओएस सुविधाहरू जस्तै म्युजिक प्लेब्याक, नेभिगेसन, कम्प्यानियन एप, र रिभर्स मोड, हाइपर मोडको अपवाद भने एस१ प्रो मा पाइने कम्पनीले जनाएको छ ।































प्रतिक्रिया