बजारमा कच्चा सुनको चरम अभाव, आपूर्ति बढाउन व्यवसायीको माग

बजारमा कच्चा सुनको चरम अभाव, आपूर्ति बढाउन व्यवसायीको माग

केन्द्रबिन्दु
0
Shares

नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको आपूर्ति बढाउन सरकारसँग माग गरेको छ । 

बजार मागको बेवास्ता गर्दै अत्यन्तै न्यून सुनको आपूर्ति हुँदै आएको बताउदै महासंघले आपूर्ति बढाउन सरकारसँग माग गरेको हो । आपूर्ति कम हुँदा बजारमा चरम अभाव सिर्जना भएको भन्दै महासंघले तत्काल आपूर्ति व्यवस्थामा सुधार गर्न सरकारसँग आग्रह गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाका परराष्ट्र सल्लाहकार अरुणकुमार सुवेदीसँग मंगलबार सिंहदरबारमा भेट्दै महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वको महासंघको प्रतिनिधि मण्डलले कच्चा सुनको न्यून आपूर्तिले बजारमा परेको प्रभावबारे जानकारी गराएको हो । 

सल्लाहकार सुवेदीले यस विषयमा सम्बन्धित निकाय मार्फत पहल लिने आश्वासन दिएका छन् । अहिले दैनिक १० केजी सुन वैधानिक तरिकाबाट आपूर्ति हुँदै आएको छ । 

Logo