जगदम्बा मोटर्सको एकैदिन ३ नयाँ शोरुम उद्घाटन

जगदम्बा मोटर्सको एकैदिन ३ नयाँ शोरुम उद्घाटन

केन्द्रबिन्दु
0
Shares

नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले महान चाड दसैंको अवसरमा थप ३ शोरुमको उद्घाटन गरेको छ ।

लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य दिपेन्द्रकुमार अधिकारीको उपस्थितीमा बर्दाघाटमा फुटप्रिन्ट अटो हब प्राली, बुढानिलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीको उपस्थितीमा काठमाडौंको कपनमा यु आर मोटर्स एन्टरप्राइज प्राली र जिल्ला उद्योग बाणिज्य संघ घोराहीका अध्यक्ष टंक बुढाथोकीको प्रमुख आतिथ्यमा नेबेल ट्रेडिङ्ग गरि ३ शोरुम एकैदिन उद्घाटन गरिएको हो ।

जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीले नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको विश्वास जित्न सफल छ ।
 
साथै गुणस्तरीय उत्पादनहरु, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत उपभोक्तालाई दिइरहेको उच्चतम सन्तुष्टिका कारण हाल बजारमा टिभिएस नेपालको सर्वाधिक रुचाइएको टू–ह्विलर ब्राण्डका रुपमा स्थापित छ ।

Skip This
Skip This
Logo