इन्फो डेभलपर्स आइसिटी अवार्ड २०२२ को शिर्ष प्रायोजक

इन्फो डेभलपर्स आइसिटी अवार्ड २०२२ को शिर्ष प्रायोजक

केन्द्रबिन्दु
0
Shares

आइसिटी अवार्ड २०२२ को शिर्ष प्रायोजकको रुपमा अग्रणी सफ्टवेयर कम्पनी इन्फो डेभलपर्सले सहकार्य गर्ने भएको छ । आज एक कार्यक्रमकाबिच इन्फो डेभलपर्सका सिइयो उमेश रघुवं घुशी र आइसिटी अवार्डका संयोजक राजन लम्सालले शिर्ष प्रायोजनको लागि समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । 

सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्ड कार्यक्रममा आइसिटी क्षेत्रका विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीहरुको सहभागिता रहेको छ । सातौं आइसिटी अवार्डको  शिर्ष प्रायोजकको रुपमा इन्फोडेभलपर्सले सहकार्य गर्नेे अवसर पाएकोमा खुसी व्यक्त गर्दै कम्पनीका सिइओ उमेश रघुवंशीले भने- ‘हामिले २० वर्षदेखि डिजिटल रुपान्तरणको लागि काम गर्दै आइरहेका छौं, अब यसको इको सिस्टमको विकासमा थप योगदान गर्ने उदेश्यले आइसिटी अवार्डसँग सहकार्य गरेका हौं ।’

२० औं वर्षको यात्रामा रहेको नेपालको अग्रणी सफ्टवेयर कम्पनी इन्फोडेभलपर्सले ३५० जना बढिलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ । नेपालका प्रमुख सरकारी,  गैरसरहकारी, व्यवसायिक र वित्तिय संस्थाहरुमा सेवा प्रदान गर्दै आइरहेको इन्फोडेभलपर्स सफ्टवेयर उद्योग क्षेत्रको एउटा प्रतिष्ठित र विश्वासिलो ब्राण्ड बनिसकेको छ । कम्पनीलाई नेपाली युनिकर्नको रुपमा स्थापित गराउने लक्ष्य सहित एक वर्षमा एक अर्बको कम्पनी बनाउने आक्रमक रणनीतिक योजना बोकेर अहिले इन्फोडेभलपर्स अगाडी बढेको बताइएकाे छ । 

सन् २०१६ बाट सुरु भएको ‘आइसिटी अवार्ड’को सातौं संस्करणको रुपमा यस वर्ष विभिन्न १२ विधामा छनौट प्रकृया सुरु भएको छ । यस वर्ष दक्षिण एसियाली देशहरुका स्टार्टअपहरुको लागि ‘साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड २०२२’ पनि आयोजना हुंदैछ । 

लिभिङ विथ आइसिटीको मुख्य आयोजनामा हुने आइसिटी अवार्डको छनौट प्रकृयामा १३ जना बिज्ञ जुरी सदस्य र १५ जना बिशिस्ट सल्लाहकारहरु रहेका छन । यस वर्ष विभिन्न १२ विधामा ५०० बढिको नोमिनेसन प्राप्त भएको छ ।  आइसिटी अवार्ड २०२२ को ग्राण्ड फिनाले २०७९ पुस ८ गते द सोल्टी काठमाण्डौमा आयोजना हुनेछ ।

यसैगरी प्रि इभेन्ट क्याम्पियनको रुपमा कार्तिक १८ र १९ गते एक सयभन्दा बढि डिजिटल स्टार्टअप तथा इन्नोभेसनहरुको प्रदर्शनी तथा इन्क्युवेसन कार्यक्रम ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ आयोजना हुनेछ । यसको लागि आयोजकले यस अघि सातै प्रदेशमा फेस्टको आयोजना गरेको थियो । सातै प्रदेशबाट ४० बढि स्टार्टअप तथा आइडियाहरु काठमाडौंको कार्यक्रमको लागि छनौट भएका छन् । 

आइसिटी अवार्ड २०२२ को दोश्रो चरणको छनौट पश्चात स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन विधामा उत्कृष्ट १२ को सार्वजनिक गरिएको छ । 

Logo