म्याग्दीमा दसैँमा भित्रियो ४० करोड रेमिट्यान्स

म्याग्दीमा दसैँमा भित्रियो ४० करोड रेमिट्यान्स

केन्द्रबिन्दु
0
Shares

म्याग्दीबाट वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा गएकाबाट दसैँमा मात्रै ४० करोडभन्दा बढी रेमिट्यान्स पठाएका छन् । पितृपक्ष (सोह्र श्राद्ध)को अष्टमी तिथिदेखि दसैँको फुलपातीको अघिल्लो दिनसम्म चालीस करोड १३ लाख रुपैयाँ रेमिट्यान्स भित्रिएको यहाँका बैंक तथा वित्तीय संस्थाले जनाएका छन् ।

विदेशमा रहेका व्यक्तिले चाडपर्वमा लक्षित गर्दै घरायसी प्रयोजन र चाडपर्वमा खर्च गर्नका लागि उक्त रकम पठाएका सेवा प्रदायक संस्थाले जनाएका छन् । जिल्ला सदरमुकाम बेनीबजार तथा ग्रामीण क्षेत्रमा शाखा सञ्चालन गरेका वित्तीय संस्थाले दिएको जानकारी अनुसार विगत वर्षको तुलनामा यसवर्ष रेमिट्यान्स कम भित्रिए पनि चाडपर्वमा आउने क्रम भने रोकिएको छैन ।

जिल्लामा भित्रिएको रेमिट्यान्सको ठूलो हिस्सा चाडपर्वमा घरखर्च, लत्ता कपडालगायत अनुत्पादक क्षेत्रमा खर्च हुने गरेको छ । 

यहाँका बैंक तथा वित्तीय संस्थाले सदरमुकाम बेनी बजारसहित जिल्लाका सबै छवटै  स्थानीय तहमा शाखा सञ्चालन गरेर सेवा प्रदान गरिरहेका छन् । पछिल्लो समय डिजिटल प्रविधिको प्रयोगले विदेशबाट सिधै खातामा जम्मा हुने भएकाले पनि रेमिटको प्रवाहमा भएको वित्तीय संस्थाका प्रतिनिधिको भनाइ रहेको छ ।

म्याग्दीका छवटै स्थानीय तहमा शाखा रहेको प्रभु बैंक, चारवटा शाखा रहेको गरिमा विकास बैंक, पश्चिम नेपाल सहकारी, धवलागिरि सहकारी, बेनी बचत तथा तथा ऋण सहकारी, लोकदीप सहकारी संस्थालगायत एक दर्जन सहकारीले चार करोड वढी रेमिट भुक्तानी गरेको जनाएका छन् ।

ग्लोबल आईएमई बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक, कैलाश विकास बैंक, राष्ट्रिय वाणिज्य बैंकलगायत बैंकले पनि रेमिट भुक्तानी गरेका छन् । 

म्याग्दीमा करिब ६० प्रतिशतभन्दा बढी रकम खाडी मुलुकबाट मात्रै भित्रिने गरेको छ । कतार, साउदी अरब, यूएई, दक्षिण कोरिया, जापान, भारत, मलेशियालगायत विभिन्न देशबाट रकम भित्रिने गरेको छ । 

जिल्लामा निर्यातभन्दा आयात बढी भएकाले पनि यहाँ वार्षिक करिब चार अर्बको हाराहारीमा रेमिट्यान्स भित्रिने गरेको भए पनि विभिन्न माध्यमबाट सो रकम बाहिरिने गरेको छ । म्याग्दीको प्रमुख आयस्रोत नै रेमिट्यान्स रहेको छ । पछिल्लो समय रेमिट्यान्सबाट आएको रकम जिल्लाको विकासमा समेत लागानी गर्न थालिएको छ । म्याग्दीबाट करिब ३० हजार भन्दा धेरै युवा र प्रौढ वैदेशिक रोजगारीमा छन् ।

Skip This
Skip This
Logo